ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साढे २२ लाख घुससहित पक्राउ परे ‘गोल्ड मेडलिस्ट’ उपसचिव


एबीसी / संवाददाता

काठमाडौं, १७ साउन ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित पक्राउ परेका छन् ।त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर समेत पाएका थिए । छात्रवृत्तिमा अध्ययन गरेर फर्किएको आठ महिना पुग्दा नपुग्दै घुससहित रंगेहात पक्राउ परे ।

पर्यटन व्यवसायीसँग घुस मागेको संकेत पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गुप्तचरी टोलीले मंगलबार विहानैदेखि उपसचिव नेपालको निगरानी गरेको थियो । नेपालले नागपोखरीस्थित होटल अरण्यमा घुस लिएको सुनिश्चित भएपछि टोलीले पक्राउ गर्‍यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नेपाल ६ लाख रुपैंया सहित पक्राउ परे ।

‘प्याराग्लाइडिङको उडान अनुमतिका लागि उहाँले घुस मागेको र त्यो रकम लिएको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो,’ अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने, ‘नियन्त्रणमा लिएर खानतलासी गर्दा उहाँको साथबाट ६ लाख बरामद भएको हो । अरु साढे १६ लाख रुपैंया गाडीमा भेटियो ।’

पर्यटकीय स्थलमा प्याराग्लाइडिङको अनुमति दिने काम नेपाल नागरिक उड्डयन प्राधिकरणको हो । प्याराग्लाइडिङ सञ्चालन गर्ने व्यवसायीहरुले प्राधिकरणबाटै अनुमति लिनुपर्छ । तर त्यसका लागि मन्त्रालयको सैद्धान्तिक सहमति समेत चाहिन्छ ।

पर्यटन मन्त्रालयमा नागरिक उड्डयन महाशाखा छ । उक्त महाशाखा अन्तर्गत हवाई उद्योग तथा अन्तराष्ट्रिय सम्बन्ध शाखा र हवाई सुरक्षा तथा दुर्घटना जाँच शाखा छन् । उनी वाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका प्रमुख हुन् । एउटा शाखाको जिम्मेवारी भएपनि उनले नागरिक उड्डयन हेर्ने महाशाखामा हावी रहेको मन्त्रालयका एक उपसचिवले बताए । उनकै निर्णयका आधारमा ‘उडान योग्यता अनुमतिपत्र’ जारी हुनुपर्ने थियो । त्यही सहमति लिने क्रममा उपसचिव नेपालले व्यवसायीसँग घुस रकम मागेका थिए ।

अख्तियारको टोलीले रंगेहात पक्राउ परेका कर्मचारीको साथबाट रकम बरामद भएपछि साथमा रहेका अरु सामानको पनि खानतलासी गर्छ । झोला, कागजपत्र र अरु सामान पनि हेर्छ । अख्तियारको टोलीले उनले साथमा लगेको सरकारी गाडीको पनि खानतलासी लिन थाल्यो, त्यसक्रममा थप साढे १६ लाख रुपैयाँ भेटिएको हो ।

६ लाख रुपैंया घुसका अतिरिक्त थप साढे १६ लाख रुपैंया भेटिएपछि अख्तियारको टोलीले उनीसँग थप सोधपुछ गर्‍यो । उनले त्यो रकम कहाँबाट, किन, केकालागि गाडीमा राखेको भन्ने खेलाउन सकेनन्, अर्थात् त्यो रकमको स्रोत खुलेन । अख्तियारले त्यो रकम समेत बरामद गरेर उपसचिव नेपाललाई पक्राउ गरेको छ ।

उनको साथबाट साढे २२ लाख रुपैंया बरामद भए पनि ६ लाख रुपैयाँ घुस हो भने बाकी साढे १६ लाख रुपैंया स्रोत नखुलेको रकम हो । अख्तियारले उनलाई बुधबार विशेष अदालतमा पेश गरेर पक्राउको म्याद थप गर्नेछ र अरु थप अनुसन्धान थाल्नेछ ।

गोल्डमेडलिस्ट उपसचिव

पाल्पाका नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका थिए । सरकारी सेवामा प्रवेश गरेपछि उनले नागरिक उड्ययन प्राधिकरणमा काम गरेका थिए । एयर ट्राफिक कन्ट्रोलर(एटीसी) पनि भएका थिए ।

बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर पनि पाए । छात्रवृत्तिमा अध्ययन सकेर आठ महिनाअघि मात्रै नेपाल फर्किएका उनी मन्त्रालयमा काम गर्न थालेका थिए । ‘उनी निकै मेधावी र क्षमतावान भनेर चिनिन्थे, अध्ययन र सबै पक्ष राम्रो भएकाले पैसा कमाउन घुस नै खानुपर्ने थिएन’ मन्त्रालयका एक सहसचिवले भने, ‘त्रिविबाट स्वर्णपदक समेत पाएपछि उनलाई राम्रो जागिर र अरु अवसरको कुनै कमी थिएन । घुस सहित पक्राउ भएपछि निकै आश्चर्य लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता

नेपाल–चीनका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री (यस्तो छ पूर्णपाठ)

सम्बन्धित

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

नेपाल–चीनका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री (यस्तो छ पूर्णपाठ)

मेरो चीन भ्रमणले आपसी विश्वास बढेको छ : प्रधानमन्त्री प्रचण्ड

दुई हप्तापछि काठमाडौं आइपुगे प्रधानमन्त्री

चीन भ्रमण सकिएपछि छेन्दु विमानस्थलबाट बिदा भए प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com