ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानमारमा ४ जना प्रजातन्त्रवादी अभियान्तालाई मृत्युदण्ड


एबीसी / संवाददाता
श्रावण १०, २०७९ मंगलबार  ७ : ४५ बजे

काठमाडौं, १० साउन । म्यानमारको सैनिक सरकारले ४ जना प्रजातन्त्रवादी अभियान्तालाई मृत्युदण्ड दिएको छ । सन् १९८८ पछि म्यानमारमा पहिलो पटक मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो । तर उनीहरुलाई कहाँ र कहिले मृत्युदण्ड दिएको हो भनेर आधिकारिक रूपमा खुलाइएको छैन ।

आतङ्कवादी गतिविधिमा संलग्न रहेको आरोपमा पूर्व सांसद फ्यो जेया था, लेखक तथा कार्यकर्ता को जिम्मी, ह्ला म्यो आङ्ग र आङ्ग थुरा जालाई मृत्युदण्ड दिइएको सरकारी समाचार संस्था ग्लोबल न्युज लाइट अफ म्यानमारले जनाएको छ। संयुक्त राष्ट्र सङ्घका अनुसार सन् १९८८ पछि म्यानमारमा पहिलो पटक मृत्युदण्ड दिइएको हो ।

गएको जुन महिनामा सेनाले मृत्युदण्डको घोषणा गर्दा अन्तर्राष्ट्रिय समुदायले त्यसको निन्दा गरेका थिए । म्यानमारमा सन २०२१ मा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएको थियो । आङ सान सुकीले नेतृत्व गरेको नेश्नल लिग फर डेमोक्रेसी ९एनएलडी० को नेतृत्वमा रहेको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएको थियो ।

सैन्य ुकुु को विरोधमा गठन गरिएको छायाँ सरकारले मृत्युदण्डको निन्दा गरेको छ । ती चार जनाको परिवारका सदस्यहरू याङ्गुनको इन्सेन जेलमा अधिकारीहरूसँग भेट्न कुरिरहेका बीबीसीले जनाएको छ । पूर्व सांसद फ्योकी श्रीमती थाजीन युन्ट आङले आफूलाई मृत्युदण्ड कार्यान्वयन गरिएको विषयमा जानकारी नदिइएको बताउनुभएको छ ।

राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले चार जनालाई मृत्युदण्ड दिने निर्णय व्यक्तिको जीवन, स्वतन्त्रता र सुरक्षाको अधिकारको निर्मम हनन भएको प्रतिक्रिया दिनुभएको छ । सैन्य ुकुु यता सुकी नजरबन्दमा हुनुहुन्छ । उहाँमाथि भ्रष्टाचारलगायतका आरोपहरू लगाइएको छ । ती सबै आरोपमा दोषी ठहरिए उहाँलाई १ सय ५० वर्षसम्मको जेल सजाय हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com