ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मंसिरमा संघीय र प्रदेशको चुनाव हुनैपर्छ : अध्यक्ष ओली


एबीसी / संवाददाता
श्रावण ४, २०७९ बुधबार  १ : ०५ बजे

काठमाडौं, ४ साउन।   प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुनुपर्ने बताएका छन् । उनले निर्वाचन तलमाथि हुन नदिनका लागि लाग्न पार्टीका नेता र कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

एमाले वाग्मती प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनबाट सरकार गठनका लागि तयार हुनुपर्ने बताए । मंसिरमा चुनाव गराउनुपर्छ । यो संवैधानिक प्रश्न हो । यसलाई तलमाथि हुन दिनु हुँदैन,उनले भने ।चुनावबाट एमाले सरकारमा ल्याउने वातावरण बनाउन पनि ओलीले नेता कार्यकर्ताहरूलाई निर्देशन दिए ।

उनले देशको स्वाधीनता, स्वतन्त्रताको रक्षा, लोकतन्त्रको मूल्य, मान्यतासहित संविधानको रक्षा र कार्यान्वयन गर्नका लागि एमालेको सरकार आउनुपर्ने दाबी गरे । उनले राज्यका अंगहरू आफ्ना ठाउँमा प्रभावकारी र स्वच्छ रुपमा क्रियाशील होऊन् भन्नका लागि पनि एमालेको सरकार आउनुपर्ने बताए ।विगतमा आफ्नो नेतृत्वमा सरकार भएका बेला मुलुकले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा लय समातेको दाबी गर्दै ओलीले आगामी दिनमा त्यो लय समातेर अगाडि बढ्न एमालेको नेतृत्वमा सरकार हुनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

इरानले अमेरिकी नाकाबन्दीको सामना गर्दै बन्दरगाहमा चेतावनी दियो

सम्बन्धित

इरानले अमेरिकी नाकाबन्दीको सामना गर्दै बन्दरगाहमा चेतावनी दियो

इरान संकटको अन्त्य कसरी गर्ने ?

“कानुनको राज गृहमन्त्रीकै घरमा ?”

आशाको बाढी, यथार्थको खडेरी : महँगी-रोजगारी-सुशासनको चरम असफलता

पहिलो वर्षमै दबाबमा बालेन सरकार : महँगी, रोजगारी र सुशासन

हङ्गेरी निर्वाचन : ओरबानको १६ वर्षे शासनको अन्त्य, पीटर माग्यारको दललाई दुई तिहाई बहुमत (एक्सप्लेनर)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com