काठमाडौं, ५ माघ । नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले सरकारी अदुरदर्शीताले गर्दा प्रदेश केन्द्र विवादमा परेको बताउनुभएको छ ।
एबीसी न्यूज टेलिभिजनको कार्यक्रम क्रस चेकमा कुराकानी गर्दै नेता बस्नेतले हचुवाका भरमा, सत्तारुढ दलका नेता खुशी पार्नका लागि गरिएको प्रदेश केन्द्र तोक्ने कामले विवादित बनेको बताउनुभयो ।
प्राविधिक टोलीले दिएको प्रतिवेदन कार्यान्वयन नगरेको, भौगोलिक सुगमतालाई बेवास्ता गरेकाले पनि जनस्तरबाट आन्दोलन उठेको उहाँको भनाइ थियो ।
हेर्नुहोस पूरा भिडियो–
प्रतिक्रिया दिनुहोस्