ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनदेखि रुससम्म ग्याँस पाइपलाइन निर्माण


एबीसी / संवाददाता
श्रावण ४, २०७९ बुधबार  ९ : २४ बजे

मस्को, ४ साउन  । सन् २०२४ मा चीन र रुसबीचको ग्यास पाइपलाइन निर्माण कार्य सुरु हुने भएको छ । द फाइनान्सियल टाइम्सकाअनुसार पावर अफ साइबेरिया दुई पाइप लाइनले मंगोलियाको भूभाग हुँदै चीनमा ग्यास आपूर्ति गर्ने छ ।

यसैबीच सोमबार युरोपेली संघ (ईयू)  ले अजरवैजानसँग नयाँ ग्याँस सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । रुस र चीनबीचको ग्यास पाइपलाइनको निर्माण कार्य दुई वर्षभित्र पूरा गरिसक्ने लक्ष लिइएको छ । यी दुई गठबन्धन मुलुकबीच आर्थिक र ऊर्जा सम्बन्ध गहिरिँदै गइरहेको छ ।

मंगोलियाका प्रधानमन्त्री ओयुन–एर्डेने लुभासान्नाम्सराइले फाइनान्सियल टाइम्सलाई बताएका छन्, “युक्रेनमा भइरहेको रुसी फौजको आक्रमणका कारण पावर अफ साइवेरिया पाइपलाइनको योजनामा केहि कठिनाइ आइरहे पनि यसको निर्माण कार्य २०२४ मै सुरु गरिनुपर्छ ।

दुईहजार ६०० किलोमिटर लामो यो पाइपलाइनले सन् २०३० मा सेवा आरम्भ गर्ने आशा गरिएको छ । यस पाइपलाइनमार्फत पारवहन शुल्क र कर पाइने हुँदा कोरोना भाइरस महामारीको कारण नाजुक अवस्थामा पुगेको मंगोलियाको अर्थतन्त्रमा पनि सकारात्मक टेवा पुग्ने भएको छ । रुसबाट चीनमा ग्यास निर्यात गराउनेबारे सन् २०१९ देखि नै प्रसंग उठेको थियो । तर युरोपले आफ्नो ग्यास माथिको निर्भरता कम गर्न थालेपछि अहिले रुस यस विषयमा तातिएको हो ।

ईयूले आगामी २०२७ मा अजरवैजानबाट कम्तीमा २० अर्ब क्युविक मिटर प्राकृतिक ग्याँस आयात गर्ने नयाँ सम्झौतामा हस्ताक्षर गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com