ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा पति–पत्नीकै मिलेमतोमा हनि ट्रयापिङको धन्दा


एबीसी / संवाददाता
श्रावण ३, २०७९ मंगलबार  १२ : ३१ बजे

काठमाडौं, ३ साउन ।  काठमाडौंमा पति–पत्नीकै मिलेमतोमा हनि ट्रयापिङको धन्दा हुने गरेको थाहा भएको छ । त्यस्तो धन्दा चलाएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले पति–पत्नीसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–६ घर भई बौद्ध बस्ने ३१ वर्षीया कल्पना बस्नेत, ३१ वर्षीय कृष्णहरि खड्का र भक्तपुरको बालकोट बस्ने २८ वर्षीय सञ्जय कार्की छन् । साउन १ मा पक्राउ परेका कल्पना र कृष्णहरि खड्का पति पत्नी हुन् ।

सामाजिक सञ्जालबाट केटीको फोटो प्रयोग गरेर पुरुषलाई खाजा खाने बहानामा रेष्टुरेण्टमा बोलाएर कल्पनाले भेट्ने गर्थिन् । भेटेपछि झूटा मुद्दा लगाएर ‘फसाउँछु’ भनेर तीनैजना मिलेर ब्ल्याकमेल गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

पुरुषलाई रकम तिर्न बाध्य गराउन सञ्जय कार्कीले नक्कली इन्स्पेक्टरको भूमिका खेल्ने गरेका थिए । पुरुषहरूलाई ‘म इन्स्पेक्टर हुँ’ भनेर उनले लेनदेन गरेर विवाद नमिलाएमा मुद्दा दर्ता गर्ने धम्की दिने गरेको अनुसन्धानबाट थाहा भएको अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।

पीडितको परिवारलाई साथी बनाएर उनीहरुले नक्कली निरीक्षकसँग कल्पनाले गरेको कुराकानीको अडियो पनि पठाउने गरेका थिए । आरोपीहरुलाई अपराधी लाभ लिन नहुने कसुरमा थप अनुसन्धान र कारवाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।

यस्तो थियो घटना –

काठमाडौंका २८ वर्षीय सुमन (नाम परिवर्तन) होलसेल व्यवसायी हुन् । पैसा उठाउन उनी हप्तैपिच्छे विभिन्न ठाउँका पसलमा गइराख्छन् । त्यही सिलसिलामा डेढ महिना अघि एक पसलमा उनको ३१ वर्षीया कल्पना बस्नेतसँग भेट भयो ।

सामान्य कुराकानीपछि सुमन र कल्पना सामाजिक सञ्जालमा पनि जोडिए । कुराकानी बाक्लिँदै जाँदा उनीहरुले खाजा खाजा एक होटलमा भेट्ने भए । ‘खाजा खान भेट्ने भएपछि सामान्य सोचेर गएको थिएँ’ सुमनले प्रहरी कहाँ बयान दिएका छन्, ‘खाजा खान थालेको केही समयपछि उहाँले टाउको दुख्यो, रेष्ट गर्नुपर्‍यो भन्नुभयो ।’

सुमनका अनुसार त्यति भनेर कल्पना रिसेप्सनमा चाबी मागेर होटलको एक कोठामा गइन् । सुमन पानीको बोतल लिएर पछि लागे । ‘पाँच मिनेटमै उहाँ बाहिर निस्किएर हिँड्नुभयो र मलाई जबरजस्ती गरेको आरोप लगाउनुभयो’ उनले भनेका छन् ।

त्यसपछि कल्पनाका श्रीमान् कृष्णहरि खड्काले पनि उनलाई भेटेर धम्क्याउन थाले । प्रहरी कहाँ जाने भन्दै बारम्बार धम्की दिन थालेपछि उनी आत्तिए, आफ्नो इजजत जाने भन्दै श्रीमान श्रीमतीलाई अनुनय विनय गर्न थाले ।आफूले केही नगरेको भन्दै उनले कल्पनाका श्रीमान्लाई पनि सम्झाउन खोजे ।

तर उनी मानेनन् । अन्तिममा ३५ लाख रुपैयाँ दिने भए उजुरी नहाल्ने कल्पनाले बताइन् ।त्यति रकम जुटाउन पनि सुमनलाई सहज थिएन । नजिकका साथीसँग सल्लाह गरिरहेका थिए । त्यहिबीचमा प्रहरी कार्यालयबाट अपराध अनुसन्धानको प्रहरी निरीक्षक (इन्स्पेक्टर) भन्दै सिन्धुलीका २८ वर्षीय सञ्जय कार्कीको उनलाई फोन आयो ।

‘तपाईंविरुद्ध बलात्कारको उजुरी परेको छ’ भन्दै प्रहरीको फोन आएपछि उनी आत्तिए । पीडितसँग कुरा मिलाउने भए चाँडै गर्न नभए संवेदनशील घटनाले मुद्दा छिटो चलाउनुपर्ने भन्दै उनले अल्टिमेटम दिन थाले ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार कार्कीले आफू तीन दिनपछि संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जान लागेको भन्दै उनले छिटो टुंगाउन ताकेता गरेका थिए । ‘पीडितलाई फोन गरेर अस्ति कार्यालयमा आउनु भएको थियो, जाहेरी छाड्नुभयो फेरि आउनु भएन त भन्दै उनले फोन गरेका रहेछन्’

ती अधिकृतले भने, ‘आउनु भएन भने मुद्दा अघि बढ्छ, अनुसन्धानको प्रक्रियामा मेडिकललगायतका काम गर्नुपर्छ, दुईजना मान्छे लिएर तुरुन्त चौकी आउनुस् भन्दै हप्काएका रहेछन् ।’यो फोनको रेकर्डसामाजिक सञ्जालमार्फत सुमनलाई पठाइएको थियो ।

‘प्रहरीले झैँ हप्काएर फोन गरेको अडियो पठाएपछि सुमनले अविश्वास गर्ने ठाउँ थिएन’ ती अधिकृत भन्छन्, ‘तर धेरै नै प्रयोग गर्दा पनि सुमनले त्यति पैसा जुटाउन सकेनन्, त्यसपछि एकजना आफन्तको सुझाव अनुसार उनले उपत्यका अपराध अनुसन्धान कार्यालयमा घटना बताए ।’

त्यसक्रममा प्रहरी निरीक्षक भन्दै फोन गर्ने सञ्जय कार्कीबारे प्रहरीले छानबिन गर्दा उनी प्रहरी नै नभएको खुल्यो । त्यति मात्र होइन, नक्कली पीडित बनेर हनी ट्रयापमा पार्ने कल्पना र उनका पति खड्काको कर्तुतबारे पनि प्रहरी थाहा पायो ।

त्यसपछि प्रहरीले उनीहरुलाई पैसा दिने बहानामा छद्म भेषमा अपरेशन चलाएर कल्पना, नक्कली प्रहरी निरीक्षक कार्की र उनका श्रीमान् खड्कालाई आइतबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

इरानले अमेरिकी नाकाबन्दीको सामना गर्दै बन्दरगाहमा चेतावनी दियो

सम्बन्धित

इरानले अमेरिकी नाकाबन्दीको सामना गर्दै बन्दरगाहमा चेतावनी दियो

इरान संकटको अन्त्य कसरी गर्ने ?

“कानुनको राज गृहमन्त्रीकै घरमा ?”

आशाको बाढी, यथार्थको खडेरी : महँगी-रोजगारी-सुशासनको चरम असफलता

पहिलो वर्षमै दबाबमा बालेन सरकार : महँगी, रोजगारी र सुशासन

हङ्गेरी निर्वाचन : ओरबानको १६ वर्षे शासनको अन्त्य, पीटर माग्यारको दललाई दुई तिहाई बहुमत (एक्सप्लेनर)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com