काठमाडौं । न्यायाधीशलाई घुस अफर गर्ने वकिललाई नेपाल कानुन व्यवसायी परिषद्ले सात दिने स्पष्टीकरण सोधेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई २ करोड घुस प्रलोभन देखाएर मुद्दा मिलाउन विचौलियाको भूमिका खेलेका अधिवक्ता रुद्रप्रसाद पोखरेललाई परिषद्ले स्पष्टीकरण सोधेको हो ।
परिषद्ले सार्वजनिक सूचना निकालेर सातदिनभित्र जवाफ पेस गर्न भनेका ेछ । जवाफ पेश नगरे कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि परिषद्ले दिएको छ ।
सहकारी ठगी मुद्दा खेपिरहेका व्यवसायी इच्छाराज तामाङलाई १० करोड धरौटीमा छुटाउने बारेमा न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच २ करोडको मोलमोलाई भएको अडियो सार्वजनिक भएको थियो ।
प्रतिक्रिया दिनुहोस्