ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पदाधिकारी छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई


एबीसी / संवाददाता
असार २२, २०७९ बुधबार  ९ : १४ बजे

काठमाडौँ, २२ असार ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ । तथापि चयन सहमतिमा गरिने माओवादी केन्द्रका नेताहरूले बताउनुभएको छ ।

मङ्गलबार खुमलटारमा बसेको पूर्वस्थायी समितिको बैठकले सहमतिका आधारमा पदाधिकारी चयन गर्ने सहमति गरेको थियो । मङ्गलबार बस्नुपर्ने केन्द्रीय समितिको बैठक त्यसैका लागि स्थगित गरिएको थियो । बुधबार १ बजे सुरु हुने कन्द्रीय समितिको बैठकमा अध्यक्षले पदाधिकारी, पोलिटब्युरो र स्थायी समितिको नामावली प्रस्ताव गर्नुहुनेछ ।

बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका विषयमा नेताहरूसँग धारणा माग्नुभएको थियो । सहभागी नेताहरूले आ–आफ्नो दाबीसहित धारणा राखेको पूर्वस्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिनुभयो । साथै, मङ्गलबार दिनभर पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो सदस्य चयन गर्ने अन्तिम गृहकार्य भएको उहाँको भनाइ छ ।

नेता गजुरेलले भन्नुभयो, “पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोको अन्तिम नामावली प्रस्ताव गर्न बैठकले अध्यक्षलाई जिम्मेवारी दिएको छ । अध्यक्षले बुधबारको बैठकमा नामावली प्रस्ताव गर्नुहुनेछ ।” पदाधिकारीमा दाबी गर्नेको सङ्ख्या धेरै भए पनि चुनावमा जानुपर्ने माग उठेपछि नेतृत्वले सहमतिमा पदाधिकारी चयन गर्ने भएको हो । बुधबार पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्यको चयन हुने उहाँले जानकारी दिनुभयो ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र मातृका यादवले बैठकमै दाबी गर्नुभएको छ । जनार्दन शर्मा र वर्षमान पुनले महासचिवको दाबी गर्नुभएको छ । माओवादीमा एक वरिष्ठसहित छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष गरी १५ जनाको पदाधिकारी रहने व्यवस्था छ ।

गत पुस १८ गते सम्पन्न आठौँ महाधिवेशनले २४६ केन्द्रीय सदस्य चयन गरेको थियो । पछि पूर्वस्थायी समितिले सदस्यहरू थप गरेको छ । हालसम्म ३७३ सदस्यीय केन्द्रीय समिति निर्माण भएको छ । ८६ जनालाई वैकल्पिक केन्द्रीय सदस्यमा प्रस्ताव भएको छ । केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

सम्बन्धित

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

उपसभामुखमा रुवीकुमारी ठाकुर चयन

२६ वर्षीया रुवी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख निर्वाचित

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com