ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पदाधिकारी छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई


एबीसी / संवाददाता

काठमाडौँ, २२ असार ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ । तथापि चयन सहमतिमा गरिने माओवादी केन्द्रका नेताहरूले बताउनुभएको छ ।

मङ्गलबार खुमलटारमा बसेको पूर्वस्थायी समितिको बैठकले सहमतिका आधारमा पदाधिकारी चयन गर्ने सहमति गरेको थियो । मङ्गलबार बस्नुपर्ने केन्द्रीय समितिको बैठक त्यसैका लागि स्थगित गरिएको थियो । बुधबार १ बजे सुरु हुने कन्द्रीय समितिको बैठकमा अध्यक्षले पदाधिकारी, पोलिटब्युरो र स्थायी समितिको नामावली प्रस्ताव गर्नुहुनेछ ।

बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका विषयमा नेताहरूसँग धारणा माग्नुभएको थियो । सहभागी नेताहरूले आ–आफ्नो दाबीसहित धारणा राखेको पूर्वस्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिनुभयो । साथै, मङ्गलबार दिनभर पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो सदस्य चयन गर्ने अन्तिम गृहकार्य भएको उहाँको भनाइ छ ।

नेता गजुरेलले भन्नुभयो, “पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोको अन्तिम नामावली प्रस्ताव गर्न बैठकले अध्यक्षलाई जिम्मेवारी दिएको छ । अध्यक्षले बुधबारको बैठकमा नामावली प्रस्ताव गर्नुहुनेछ ।” पदाधिकारीमा दाबी गर्नेको सङ्ख्या धेरै भए पनि चुनावमा जानुपर्ने माग उठेपछि नेतृत्वले सहमतिमा पदाधिकारी चयन गर्ने भएको हो । बुधबार पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्यको चयन हुने उहाँले जानकारी दिनुभयो ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र मातृका यादवले बैठकमै दाबी गर्नुभएको छ । जनार्दन शर्मा र वर्षमान पुनले महासचिवको दाबी गर्नुभएको छ । माओवादीमा एक वरिष्ठसहित छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष गरी १५ जनाको पदाधिकारी रहने व्यवस्था छ ।

गत पुस १८ गते सम्पन्न आठौँ महाधिवेशनले २४६ केन्द्रीय सदस्य चयन गरेको थियो । पछि पूर्वस्थायी समितिले सदस्यहरू थप गरेको छ । हालसम्म ३७३ सदस्यीय केन्द्रीय समिति निर्माण भएको छ । ८६ जनालाई वैकल्पिक केन्द्रीय सदस्यमा प्रस्ताव भएको छ । केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले उज्जैनमा १०८ केजी रुद्राक्ष चढाएर महाकालको दर्शन गरे

पाँच बुँदे रारा घोषणापत्रमा के छ ? (भिडियोसहित)

सम्बन्धित

प्रधानमन्त्रीले उज्जैनमा १०८ केजी रुद्राक्ष चढाएर महाकालको दर्शन गरे

मध्य प्रदेशमा प्रधानमन्त्रीलाई यसरी गरियो स्वागत (फोटोफिचर)

अमेरिकी राष्ट्रपति बाइडेन कार्यक्रमस्थलमै लडे

सीटीईभीटीका उच्च अधिकारी सवार जिप सुनकोशीमा खस्यो

प्रचण्डलाई महारष्ट्रका मुख्य मन्त्री चौहानले स्वागत गर्दै भने – हाम्रो शरीर दुई, सभ्यता र संस्कृति एकै

कालापानीको विकल्पमा बंगलादेश जाने सिधा बाटोबारे सोच्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com