ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजै संसदीय छानबिन समिति बनाएर अर्थ मन्त्रालयबारे यथार्थ सार्वजनिक गरौं : उपसभापति खड्का


एबीसी / संवाददाता

काठमाडौं, २२ असार ।सत्तारूढ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणका बेलाका विषय छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्।अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसमा गम्भीर चासो देखिएको भन्दै खड्काले संसदीय छानबिन समिति बनाउन ढिला नगर्न आग्रह गरेका छन्।उनले आजै संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्।

‘बजेट निर्माणका बेलाका विषयसमेतलाई जोडेर अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसमा गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ,’ खड्काले भने।यस्ता विषय उठ्दा विगतमा पनि संसदीय छानबिन गर्ने परम्परा रहेको खड्काले बताए।

‘बरू ढिला नगरौं, संसदबाट आजै संसदीय छानबिन समिति निर्माणको टुंगो लगाऔं,’ उनले भने।अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिहरू प्रवेश गराई बजेटमा करका दर हेरफेर गरेको आरोप छ।यसअघि कांग्रेस महामन्त्री गगन थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए। अर्थमन्त्रीले राजीनामा स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले अर्थमन्त्रीबाट हटाउनुपर्ने थापाको भनाइ थियो।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि अर्थमन्त्रीबारे संसदीय छानबिन समिति गठन गरेर छानबिन गरिनुपर्ने माग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१६५ क्षेत्रको शक्ति सन्तुलन : वाम गठबन्धन भए १३०, लोवाम गठबन्धन भए १२५, साना दल संकटमा !

काठमाडौं २५ साउन । आगामी मंसिर ४ गते संघीय निर्वाचन हुने भएपछि सत्तारुढ पाँचदलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेले आफू अनुकूलको गठबन्धन बनाउने कोशिश

बझाङमा एकै परिवारका तीन जना मृत भेटिए

काठमाडौं, २५ साउन । बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बुङ्गल नगरपालिका–९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई जना मृत

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगमाथि अध्ययन छिट्टै सक्न सभामुखको आग्रह

काठमाडौं, २५ साउन  । सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोगमाथि अध्ययन छिट्टै सक्न आग्रह गरेका छन् । २२ साउनमा प्रतिनिधिसभाले जबराविरुद्धको महाअभियोग,

सम्बन्धित

१६५ क्षेत्रको शक्ति सन्तुलन : वाम गठबन्धन भए १३०, लोवाम गठबन्धन भए १२५, साना दल संकटमा !

बझाङमा एकै परिवारका तीन जना मृत भेटिए

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगमाथि अध्ययन छिट्टै सक्न सभामुखको आग्रह

बालाजुमा आगलागी : घटनाको थप विवरण आउन बाँकी

भक्तपुरको मनोहरा खोला बस्तीमा पसेपछि…

परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली टोली चीनमा, आज दुईपक्षीय छलफल हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com