ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्रीको राजीनामाबारे विहानैदेखि अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवा छलफलमा


एबीसी / संवाददाता
असार २१, २०७९ मंगलबार  ९ : ३९ बजे

काठमाडौं । गणतन्त्रपछि नेपालमा सबैभन्दा बढी विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्माको राजिनामाका विषयमा विहानैदेखि सत्तारुढ दलका नेताहरु छलफलमा बसेका छन् । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार विहानै देखि प्रचण्ड र देउवा यस विषयमा छलफलमा जुटेका हुन् ।

देउवालेसमेत जनार्दन शर्मालाई अर्थबाट हटाएर माओवादीकै तर्फबाट अरु कोहिलाई अर्थमन्त्री बनाउने वा अर्थ कांग्रेसलाई दिएर अर्को कुनै मन्त्रालय माओवादीलाई दिनेगरी अगाडी बढाउनुपर्यो भनेपछि विहानैदेखि दुई नेता छलफलमा जुटेका हुन् । प्रचण्डले भने यस विषयमा आफ्नो पार्टीको केन्द्रीय समितिबाट निर्णय गराउनुपर्ने र अर्थमन्त्री हटाउने निर्णयमा आफ्नो खासै अब्जेक्सन नभएको जनाएपछि थप रणनीति बनाउन विहानैदेखि दुई नेता छलफलमा रहेको बुझिएको छ । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार सोमबार बेलुकी पनि देउवा र प्रचण्डबीच यस विषयमा छलफल भएको थियो भने मंगलवार विहान पनि यस विषयमा दुई नेताबीच टेलिफोन वार्ता भएको थियो । बिचौलिया लाई प्रयोग गरेर करका दर हेरफेर गरेको आरोपपछि जनार्दन शर्मा विवादमा छन् ।

सोमबारको संसद बैठकमा पनि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित, अन्य सांसदहरुले पनि उनको राजिनामा मागेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त अर्थमन्त्रीले अपराध नै गरेको टिप्पणीसमेत गरिसकेको छ । शर्मा विवादमा तानिएपछि यस विषयमा टिप्पणी गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माले दोहोरो अपराध गरेको बताएका छन् ।

बजेट निर्माणका बेला बाहिरिया मान्छे लगाएर एउटा अपराध गरेका अर्थमन्त्रीले सो बेलाको सिसीटिभी फुटेज डिलिट गरेर अर्को अपराध गरेको ज्ञवालीको तर्क छ । ‘वास्तवमा यो दोहोरो अपराध हो । बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरहरुको हेरफेर यो एउटा जघन्य अपराध त छँदैथियो । यो अपराधलाई लुकाउनका निमित्त त्यस सम्बन्धी प्रमाण नष्ट गर्नका लागि यदि साँच्चैनै सिसीटिभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अपराध हो संचारकर्मीसँग कुराकानी गर्दै उनले भनेका छन् ।

यता लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले अर्थमन्त्री जनार्दन शर्माले गम्भीर भुल गरेको प्रतिक्रिया दिएका छन् । बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने विषयमा सिसिटिभी फुटेज डिलिट भयो भनेर शर्माले गम्भीर भुल गरेको बताउँदै कर्णले सो घटनाको सम्बन्धमा देश र जनताका लागि पनि यथार्थ कुरा बाहिर ल्याउनुपर्नेतर्फ जोड दिएका बजेट बनाउँदा अनधिकृत व्यक्ति प्रवेशगरे भन्ने प्रश्न उठिसकेपछि सरकारले यो कुरामा म निर्देश छु भन्ने प्रमाणित गर्नका लागि पनि सिसीटिभी राख्नु पर्ने हो ।

त्यो डिलिट गर्ने होइन। डिलिट गर्दाखेरी के देखिन्छ भने यस विषयमा त सरकार सबुत प्रमाण मेटाउन खोज्यो । सबुत प्रमाण मेटाएर कोही व्यक्ति निर्दोष हुन सक्दैन । र, यो गम्भिर अपराध हो । यस विषयमा संसदमा पटकपटक कुरा उठेको छ ।सरकारले यसलाई वास्ता गरेको छैन । यसमा सरकारले तुरुन्त अगाडि बढनु पर्दछ,सांसद कर्णले भने । यसो त सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पनि अर्थमन्त्री जनार्दन शर्माले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन् । अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिए प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने उनको भनाई छ ।

उनले यस विषयमा छानविन नगर्ने हो भने गलत नजिर बस्ने भन्दै थापाले तत्काल राजिनामा दिनुपर्ने बताएका हुन्। अहिले अर्थ मन्त्रालयले सिसिटिभि फुटेज जम्मा १३ दिनकी छ भनेर भनिसके पछाडी मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्शनमा जानुपर्छ, यत्रो विषय संसदना उठ्यो, बाहिर उठ्यो, हो, होइन मलाई थाहा छैन, तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ, र तत्काल छानबिन गर्नुपर्छ, संचारकर्मीसँग कुराकानी गर्दै उनले भने– हाम्री आफ्नै कार्यविधि छ, हाम्रो आफ्नै नियम, कानूनले पनि हामीलाई कम्तिमा तीन महिनासम्मको सिसिटिभि फुटेज राखेकुरा भनिहाल्छ, त्यसमाथि पनि बजेट यो संसदले जुन पारित गरेको छ, यसको करको दर भनेको चाहीं सामान्य कुरा होइन, कसैले सामान्य माननविय त्रुटी भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन, यति कुरा उठिसकेपछि अब यो उठ्यो, उठ्यों यत्तिकै गयो भनेर हुँदैन, यस्तो गर्यो भने अत्यन्त यसको एउटा नजिर बस्छ, र जे गरेपनि हुन्छ भन्ने कुरा रहन्छ, वा हुँदै नभएको कुराकी आरोप पनि कसैले खेप्नुपर्ने हुन्छ । त्यसैले मलाई लागेको यो अर्थमन्त्रीजीको पनि हीतमा छ।तत्काल उहाँले राजीनामा दिने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

सम्बन्धित

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

उपसभामुखमा रुवीकुमारी ठाकुर चयन

२६ वर्षीया रुवी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख निर्वाचित

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com