ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रालयहरूको निर्देशन- कूटनीतिक पत्राचार परराष्ट्रमार्फत् मात्र गर्नू


एबीसी / संवाददाता
असार २०, २०७९ सोमबार  १२ : ४४ बजे

काठमाडौं, २० असार । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदको निर्णय अनुसार वैदेशिक एवम् कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयमार्फत गर्न विभाग, प्राधिकरण, बोर्ड, आयोग, विकास समिति र सबै महाशाखाहरुलाई निर्देशन दिएको छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि आफ्ना सबै निकायलाई पत्राचार गर्दै वैदेशिक एवम् कुटनीतिक सम्बन्धका विषयमा परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्न आग्रह गरेको छ ।

नेपाल सरकारको असार ६ गतेको निर्णय कार्यान्वयन गर्न भन्दै मन्त्रालयले मातहतका सबै निकायलाई यस्तो पत्राचार गरेको हो । यसअघि एसपीपी सम्झौतामा सहभागी हुन नेपाली सेनाले लेखेको पत्रबारे सरकारी निकायबीच नै अन्यौल सिर्जना भएपछि सरकारले अब वैदेशिक तथा कूटनीतिक सम्बन्धमा पत्राचार गर्दा एकद्वार नीति अपनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायमा निर्णय कार्यान्वयन गर्न पत्र लेखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

सम्बन्धित

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

उपसभामुखमा रुवीकुमारी ठाकुर चयन

२६ वर्षीया रुवी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख निर्वाचित

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com