ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपाका तीन मन्त्री फेरिँदै, इस्तियाक राई भौतिक पूर्वाधारमन्त्री सिफारिस : सम्भवतः आजै शपथ हुने


एबीसी / संवाददाता
असार २०, २०७९ सोमबार  १० : ४२ बजे

काठमाडौं, २० असार । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले अन्ततः ३ मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र बन मन्त्रालयमा प्रदीपकुमार यादव सिफारिस भएका छन् ।कृषि मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतवार प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गरि मन्त्री हेरफेर गर्ने बारे छलफल गरेर फर्किए लगत्तै तीन जना मन्त्रीको नाम लिस्ट लिएर बाँकेका सांसद राई आफै आफु सहितको नाम बुझाउन प्रधानमन्त्री निवास पुगेका थिए ।

आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अध्यक्ष यादवले नयाँ मन्त्रीहरूको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताएका छन् । उनका अनुसार सम्भवतः आजै शपथ हुने बताइएको छ ।

डा. बाबुरामभट्टराईको अनुपस्थितीमा भएको उपेन्द्र यादव पक्षका केन्द्रीय नेताहरुको बैठकले मन्त्रीको नाम सिफारिस गर्ने जिम्मेवारी अध्यक्ष यादवलाई दिएसँगै यादवले नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेका हुन् ।

हाल बाँके जिल्लाबाट नेकपा माओवादी केन्द्रबाट महेश्वर गहतराज अथक खेलकुद तथा युवा मन्त्री छन् भने राईले सपथ लिएपछि जिल्लाले संघीय सरकारमा दुई जना मन्त्री पाउने छ । यता प्रदेश सरकारमा नेपाली काँग्रेसका नेता सुरेन्द्र बहादुर हमाल वन तथा वातावरण मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

सम्बन्धित

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

उपसभामुखमा रुवीकुमारी ठाकुर चयन

२६ वर्षीया रुवी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख निर्वाचित

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com