ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एफए कपमा लेस्टर सिटीले फेल्टवुड टाउनलाई २–० ले हरायो


admin

काठमाडौं, ३ माघ । एफए कप फुटबल अन्तर्गत गएराति भएको तेस्रो चरणको रिप्ले खेलमा जित निकाल्दै प्रिमियर लिग क्लब लेस्टर सिटीले अघिल्लो चरणमा स्थान पक्का गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले फेल्टवुड टाउनलाई २–० ले हराएको हो । लेस्टरको जितमा दुवै गोल केलिची इहिनाचोले गरे । ४३ औं मिनेटमा इस्लामी स्लिमानीको पासमा इहिनाचोले गोल गर्दै लेस्टरलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा लेस्टरका लागि एक गोल गरेका इहिनाचोले दोस्रो हाफमा कीर्तिमानी र महत्वपूर्ण गोल गरे ।

खेलको ७७ औं मिनेटमा इहिनाचोले गोल गरे । रियाद महरेजले पास गरेको बललाई इहिनाचोले गोलमा परिणत गरेका हुन् । तर सुरुमा यसलाई अफसाइड रहेको भन्दै गोलको मान्यता दिइएको थिएन । तर रेफ्री जोनथन मोस लिइएसेडले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को प्रयोग गरे अनि त्यसमा अफसाइड नरहेको देखिएपछि गोलको मान्यता दिए ।

यसरी इंग्लिस फुटबलमा भिएआरमार्फत गोल गर्ने इहिनाचो पहिलो खेलाडी बनेका छन् । तेस्रो चरणको खेलमा गोलरहित बराबरी भएपछि दुई टिमबिच रिप्ले भएको हो ।

राति नै भएका अरु रिप्लेमा कार्डिफले म्यानस्फिल्डलाई ४–१, सेफिल वेइनस्डेले कारलिस्लेलाई २–०, वेष्ट ह्यामले श्रीस्बुरीलाई १–० तथा रिडिङले स्टेवेनागेलाई ३–० ले हराएर अघिल्लो चरणमा स्थान पक्का गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

बेलायतमा डाफे समर टेनिसको उपाधि विनोद खड्कालाई

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले श्रीलंकालाई हरायो

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपाल र श्रीलङ्का खेल्दै

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित

फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई

टी-२० विश्वकप एशियाली छनोटमा नेपालको पहिलो खेल कुवेतसँग हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com