ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानव जीवनमा गित, संगित भन्दा प्यारो वस्तु केही छैन – जनवादी गायक जीवन शर्मा (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौ, ५ असार । जनवादी गायक जीवन शर्माले मानव जीवनमा गित संगित भन्दा प्यारो वस्तु अरु केहि नभएको बताउछन् । जीवन शर्मा र जनवादी गीतसंगीत प्रर्यायवाची शब्द जस्तै हुन । जब जीवनको नाम आउँछ उनीसँगै जनवादी गीतसंगीतको ठूलो फाँट जन्मिन्छ । अनि जनवादी गीतसंगीतको कुरा साथमा त्यही अद्धितिय प्रतिभाको खानी जीवन शर्माको नामसँगै जोडिन्छ । धेरै कलाकारको छुट्टै शान छ, नाम छ तर दाम छैन । उनले कैयौ रातहरु ओढारमा, झुपडी र छाप्राहरुमा विताएका छन् । जनताका दुःख, पीर, मर्का बुझेका छन् ।

साहुको बारीमा काम गर्ने हलि दाई र भारि बोक्ने भरिया दाईका पीर मर्कालाई टपक्क टिप्छन् र संगित भरेर भाका हाल्छन् । ३६ सालको चर्कदो आन्दोलनले जीवनलाई पनि उतै डोर्‍यायो । नेपाली जनताको पक्षमा सांगितिक माध्यामबाट समर्पित हुन्छु भनेर गरिव दुखी जनताको पक्षमा गीत गाउन हिँडे । त्यसो त उनमा जनताको पक्षमा लाग्नु पर्छ भन्ने चेतनाको लहर वालापन देखि नै मिलिसकेको थियो । १३/१४ वर्षको उमेरमा आफ्नो परिवार पञ्चायती शैलीको भएको भन्दै उनले घरबाटै विद्रोह गरे । परिवारको एक्लो छोरो डाक्टर इन्जिनियर बनोस भन्ने बुबाआमाको चाहना ।

तर जीवनले भोकानाङ्गाहरुको गीत गाउनु पर्छ भन्ने सोचे । उनका बुबा गाउँका जिम्वाल, मुखिया र प्रधानपञ्च पनि भइसकेका व्यक्ति । राजा र र राजतन्त्रलाई सम्मान गर्नु पर्छ भन्ने सामान्ती शैली जीवनलाई मन पर्न छोडिसकेको थियो । तराई मूलका एक जनाले बाग्लुङ पुगेको बेला गाएको ए शोषित सर्वहारा चट्टान जतै तिम्रो छाती, हिमाल जस्तो शीर भन्दै गाएको गीतले जनवादी गीत यस्ता पो हुँदा रहेछन् अव त्यस्तै गीत गाउँछु भन्ने सोच पलाईसकेको थियो । त्यसमाथि बाग्लुङको हाइस्कुलमा पढ्दा देखि नै पञ्चायती शिक्षा भनेको बेकार हो, देशमा राम्रो व्यवस्था छैन । राजतन्त्र पनि गलत हो । सामान्तवादका विरुद्ध संघर्ष गरेर नौलो जनवाद नल्याएसम्म हामी शुख शान्ति पाउँदैनौं, अव त्यसका विरुद्ध लड्नु पर्छ र चेतनाको लहर फैलाउनु पर्छ भनेर शिक्षकहरुले उनको दिमाग भरिसकेका थिए ।

त्यही कुराले उनको दिमागलाई प्रभावित गर्यो । रातदिन दिमागमा तिनै कुरा खेल्न थाले । जसले गर्दा काठमाण्डौ आएपछि उनी ०३६ सालको जनआन्दोलनमा सकृय भए । भोको पेटै आन्दोलनमा पुलिसका लाठि र बुट खाए, तर जब दमन हुन थाल्यो, उनको मनमा आक्रोशको ज्वालामुखी दन्कन थाल्यो । त्यही अनुसारका शब्द र संगीतले निपूर्ण यो गीत जन्म्यो । जसले जीवनलाई मात्र होइन धेरैलाई आन्दोलनमा लाग्न यो गीतले झन उर्जा मिल्यो । ०३६ देखि ४६ सालको आन्दोलनमा फोक्ल्याण्डको टापुबाट, जंगलको बीचबाट, लेखिरहेछु चिठी तिमीलाई लडाईको मैदानबाट भन्ने बोलको गीत निक्कै लोकप्रिय बन्यो । त्यही गीत सुनेर कति आन्दोलनमा होमिए । माओवादीको १० वर्षे जनयुद्धका बेला तमाम गीत माओवादीमय बने । उनका सयौं गीत माओवादी जनयुद्धमा निक्कै घन्के, आन्दोलनमा लाग्न उर्जा मिल्यो ।

यसको मतलव उनी माओवादी थिएनन् । न त माओवादी जन्मन्छ भनेर नै गीतको रचना गरिएको थियो । २०६२, ६३ को आन्दोलनमा पनि उनका गीत त्यतिकै सार्थक बने, हिउँ फुटे हिम नदी जनता जुट जनसागर, औंशीको यो रात पनि हट्छ छिटै चिन्तै नगर भन्दै जनआन्दोलनलाई बल मिल्यो । ती गीतहरु जनयुद्ध शुरु हुनुभन्दा १०, १५, २० वर्ष पहिले बनाइएका हुन् । सिमली छायाँमा बसी भरिया लामो शास फेरेको भन्ने गीत ०३९ सालमा गाइएको हो । यस्ता गीतहरु पञ्चालयतकाल देखि नै गाउँमा पाखा पखेरामा घन्किरहेका थिए । शोषण दमन र अन्याय अत्याचारका विरुद्ध गाउँ वस्तीमा कहिले लुकीलुकी कहिले खुल्ला स्कूलका प्राङगढमा गाउँने गरिन्थ्यो ।’बागलुङको जैमिनी नगरपालिका–१० राङखानीमा जन्मनुभएका ६२ वर्षीय शर्मा लामो समयदेखि जनपक्षीय सङ्गीत सिर्जना र गायनमा सक्रिय जीवन शर्माले एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुकमा प्रधान सम्पादक शुभशंकर कंडेलसंग गरिएको कुराकानी जीवन नै गित संगित भएको बताए ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मुलुकको आर्थिक संकटको समाधान गर्न एमालेको ध्यानाकर्षण

काठमाडौँ, १८ चैत । नेकपा (एमाले)ले देशको वर्तमान आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । आज पार्टी मुख्यालयमा

मिटरब्याज पीडित र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौँ, १८ चैत्र । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति भएको छ । सरकारबी वार्ता टोली र र पीडितहरुको वार्ता टोलीबीच मिटरब्याज पीडितको

राहदानी मुद्दामा सौदाबाजी गरेको छैन : रवी लामिछाने

काठमाडौँ, १८ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो राहदानीको मुद्दामा आफूले सरकारी निकायसँग सौदाबाजी नगरेको बताएका छन् । पार्टीले शनिबार आयोजना गरेको

सम्बन्धित

मिटरब्याज पीडित र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

प्रचण्ड, देउवा र ओली त पात्र हुन्, सत्ता अरुले नै चलाउँछ– पूर्वसभामुख कृष्ण बहादुर महरा

उपचुनावअघि सरकारमा जादैनौँ : रवि लामिछाने

एमालेले चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उठाउने

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

मिटरब्याज पीडितलाई प्रधानमन्त्रीको आश्वासनः न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन हुन्छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...