ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानव जीवनमा गित, संगित भन्दा प्यारो वस्तु केही छैन – जनवादी गायक जीवन शर्मा (भिडियोसहित)


एबीसी / संवाददाता
असार ५, २०७९ आईतबार  ९ : ३८ बजे

काठमाडौ, ५ असार । जनवादी गायक जीवन शर्माले मानव जीवनमा गित संगित भन्दा प्यारो वस्तु अरु केहि नभएको बताउछन् । जीवन शर्मा र जनवादी गीतसंगीत प्रर्यायवाची शब्द जस्तै हुन । जब जीवनको नाम आउँछ उनीसँगै जनवादी गीतसंगीतको ठूलो फाँट जन्मिन्छ । अनि जनवादी गीतसंगीतको कुरा साथमा त्यही अद्धितिय प्रतिभाको खानी जीवन शर्माको नामसँगै जोडिन्छ । धेरै कलाकारको छुट्टै शान छ, नाम छ तर दाम छैन । उनले कैयौ रातहरु ओढारमा, झुपडी र छाप्राहरुमा विताएका छन् । जनताका दुःख, पीर, मर्का बुझेका छन् ।

साहुको बारीमा काम गर्ने हलि दाई र भारि बोक्ने भरिया दाईका पीर मर्कालाई टपक्क टिप्छन् र संगित भरेर भाका हाल्छन् । ३६ सालको चर्कदो आन्दोलनले जीवनलाई पनि उतै डोर्‍यायो । नेपाली जनताको पक्षमा सांगितिक माध्यामबाट समर्पित हुन्छु भनेर गरिव दुखी जनताको पक्षमा गीत गाउन हिँडे । त्यसो त उनमा जनताको पक्षमा लाग्नु पर्छ भन्ने चेतनाको लहर वालापन देखि नै मिलिसकेको थियो । १३/१४ वर्षको उमेरमा आफ्नो परिवार पञ्चायती शैलीको भएको भन्दै उनले घरबाटै विद्रोह गरे । परिवारको एक्लो छोरो डाक्टर इन्जिनियर बनोस भन्ने बुबाआमाको चाहना ।

तर जीवनले भोकानाङ्गाहरुको गीत गाउनु पर्छ भन्ने सोचे । उनका बुबा गाउँका जिम्वाल, मुखिया र प्रधानपञ्च पनि भइसकेका व्यक्ति । राजा र र राजतन्त्रलाई सम्मान गर्नु पर्छ भन्ने सामान्ती शैली जीवनलाई मन पर्न छोडिसकेको थियो । तराई मूलका एक जनाले बाग्लुङ पुगेको बेला गाएको ए शोषित सर्वहारा चट्टान जतै तिम्रो छाती, हिमाल जस्तो शीर भन्दै गाएको गीतले जनवादी गीत यस्ता पो हुँदा रहेछन् अव त्यस्तै गीत गाउँछु भन्ने सोच पलाईसकेको थियो । त्यसमाथि बाग्लुङको हाइस्कुलमा पढ्दा देखि नै पञ्चायती शिक्षा भनेको बेकार हो, देशमा राम्रो व्यवस्था छैन । राजतन्त्र पनि गलत हो । सामान्तवादका विरुद्ध संघर्ष गरेर नौलो जनवाद नल्याएसम्म हामी शुख शान्ति पाउँदैनौं, अव त्यसका विरुद्ध लड्नु पर्छ र चेतनाको लहर फैलाउनु पर्छ भनेर शिक्षकहरुले उनको दिमाग भरिसकेका थिए ।

त्यही कुराले उनको दिमागलाई प्रभावित गर्यो । रातदिन दिमागमा तिनै कुरा खेल्न थाले । जसले गर्दा काठमाण्डौ आएपछि उनी ०३६ सालको जनआन्दोलनमा सकृय भए । भोको पेटै आन्दोलनमा पुलिसका लाठि र बुट खाए, तर जब दमन हुन थाल्यो, उनको मनमा आक्रोशको ज्वालामुखी दन्कन थाल्यो । त्यही अनुसारका शब्द र संगीतले निपूर्ण यो गीत जन्म्यो । जसले जीवनलाई मात्र होइन धेरैलाई आन्दोलनमा लाग्न यो गीतले झन उर्जा मिल्यो । ०३६ देखि ४६ सालको आन्दोलनमा फोक्ल्याण्डको टापुबाट, जंगलको बीचबाट, लेखिरहेछु चिठी तिमीलाई लडाईको मैदानबाट भन्ने बोलको गीत निक्कै लोकप्रिय बन्यो । त्यही गीत सुनेर कति आन्दोलनमा होमिए । माओवादीको १० वर्षे जनयुद्धका बेला तमाम गीत माओवादीमय बने । उनका सयौं गीत माओवादी जनयुद्धमा निक्कै घन्के, आन्दोलनमा लाग्न उर्जा मिल्यो ।

यसको मतलव उनी माओवादी थिएनन् । न त माओवादी जन्मन्छ भनेर नै गीतको रचना गरिएको थियो । २०६२, ६३ को आन्दोलनमा पनि उनका गीत त्यतिकै सार्थक बने, हिउँ फुटे हिम नदी जनता जुट जनसागर, औंशीको यो रात पनि हट्छ छिटै चिन्तै नगर भन्दै जनआन्दोलनलाई बल मिल्यो । ती गीतहरु जनयुद्ध शुरु हुनुभन्दा १०, १५, २० वर्ष पहिले बनाइएका हुन् । सिमली छायाँमा बसी भरिया लामो शास फेरेको भन्ने गीत ०३९ सालमा गाइएको हो । यस्ता गीतहरु पञ्चालयतकाल देखि नै गाउँमा पाखा पखेरामा घन्किरहेका थिए । शोषण दमन र अन्याय अत्याचारका विरुद्ध गाउँ वस्तीमा कहिले लुकीलुकी कहिले खुल्ला स्कूलका प्राङगढमा गाउँने गरिन्थ्यो ।’बागलुङको जैमिनी नगरपालिका–१० राङखानीमा जन्मनुभएका ६२ वर्षीय शर्मा लामो समयदेखि जनपक्षीय सङ्गीत सिर्जना र गायनमा सक्रिय जीवन शर्माले एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुकमा प्रधान सम्पादक शुभशंकर कंडेलसंग गरिएको कुराकानी जीवन नै गित संगित भएको बताए ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

सम्बन्धित

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com