ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा सरकारका प्रदेश प्रमुखलाई के गर्ला वाम गठबन्धनको नयाँ सरकारले ?


admin

काठमाडौं, ३ माघ । लामो समयसम्म प्रदेश प्रमुख र प्रदेशका अस्थायी मुकाम तय गर्न नसकेको सरकारले अन्ततः आज प्रदेश प्रमुख नियुक्त गर्दैछ । तर, सरकारले गर्ने नियुक्ति सबैभन्दा विवादित बन्ने देखिएको छ ।


आगामी सरकारको नेतृत्व गर्न झण्डै दुई तिहाई बहुमतको शक्तिका साथ प्रतिक्षारत नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वामपन्थी गठबन्धन प्रदेश प्रमुख नियुक्तिमा सहभागी भएको छैन । कामचलाउ सरकारले निर्वाचन अघि नै नियुक्ति गर्नुपर्ने विषयलाई निर्वाचन पछि पुर्याएपछि वाम गठबन्धनले त्यो सरकारको काम भन्दै नियुक्तिको भागवण्डा खेलबाट बाहिरिएको छ ।

संविधानतः प्रदेश प्रमुख नियुक्त नगरी भएको छैन । प्रदेश प्रमुखकै अभावमा प्रदेश सांसद्हरुको सूचि निर्वाचन आयोगले बुझाउन पाएको छैन । यसको सोझो प्रभाव ती सांसद्हरुले सपथ खान पाएका छैनन् । सपथ नै खान नपाएका प्रदेश सांसदहरु आगामी राष्ट्रिय सभा निर्वाचनका लागि मुख्य मतदाताको रुपमा रहेका छन् ।

सरकारले यही संवैधानिक छिद्रमा खेल्दै प्रदेश प्रमुख नियुक्तिमा ढिलाई गर्यो । यसको सोझो अर्थ हुन्छ, कामचलाउ देउवा सरकार केही दिन भए पनि सत्ता लम्ब्याउन सफल भयो, या अरु कसैको प्रभावमा वाम गठबन्धनलाई सरकार बनाउन ढिलाई गर्ने योजनाबाट प्रभावित भयो ।
मन्त्रिपरिषद्ले आज नियुक्ति गर्ने प्रदेश प्रमुखहरुमा वाम गठबन्धनको स्वामित्व नरहने भएपछि उनीहरुको भविष्य विवादित हुने प्रष्टै छ ।

किनकी, केन्द्र सरकारले आफुलाई अनुकुल हुने पात्र मात्र प्रदेश प्रमुखमा नियुक्त गर्ने पक्का छ । त्यति बेला, अहिले जागिर खान हुरुक्क गरेका सात जना पात्रहरुको भविष्य धरापमा पर्ने निश्चित छ । प्रदेश सरकार र प्रदेश संसदसँग सिधा टसल पर्ने प्रदेश प्रमुखलाई वामपन्थी गठबन्धनले केही समयपछि अस्वीकृत गरेपछि अहिलेसम्मको नेपाली ‘अभ्यास’ अनुसार स्वभाविक रुपमा यो विषय अदालतमा प्रवेश गर्नेछ । अदालतले दिने अन्तरिम आदेश केन्द्र सरकार अनुकुल नबने त्यसपछिको शक्ति संघर्ष थप पेचिलो बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माओवादी आन्दोलन पुनर्गठन गर्न भन्दै बाबुरामले भनेको ‘किनारा पुँजीवाद’ के हो ?

अन्ततः वामदेव एकीकृत समाजवादीको वरिष्ठ नेता, वरीयता तेस्रो

सम्बन्धित

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com