ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फुर्सदिला सांसद मेला घुम्दै


sharan sharan

बुटवल, १ माघ  । नेकपा एमालेका उपमहासचिव एवं रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुषालले सोमबार तिलोत्तमा व्यापार मेलाको अवलोकन गरेका छन ।

तिलोत्तमा ९ का स्थायी बासिन्दा समेत रहेका नेता भुषालले गृहनगरमा आयोजित मेलाको सोमबार अवलोकन गरेका हुन । पूर्व मन्त्री भुषाललाई मेला आयोजक मुल समितिका संयोजक झबिन्द्र प्रसाद कंडेल, तिलोत्तमा व्यापार संघका प्रथप उपाध्यक्ष बाबुलाल भुषाल, द्धितिय उपाध्यक्ष रामचन्द्र पाण्डेय, महासचिव बिष्णु बराल, कोषाध्यक्ष नेत्रप्रसाद न्यौपाने, सचिव हरिप्रसाद उपाध्याय लगायतले स्वागत गरेका थिए ।

त्यस अवसरमा नेता भुषालले मेला स्थलमा निर्माण गरिएको कालिगण्डकी तिनाउ डाइभर्सन परियोजनाको नमुना अवलोकन गरेका थिए । सो अवसरमा संयोजक कंडेलले परियोजना कार्यान्वयनका लागी आग्रह गरेका थिए ।

जवाफमा उपमहासचिव भुषालले परियोजना कार्यान्वयनका लागी गम्भिर रहेको भन्दै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले परियोजनाको नमुनाले राजनितिक दल र नेताहरुलाई नैतिक दबाब श्रृजना गरेको उल्लेख गरे । मेलामा सबै प्रकारका उत्पादन सहित कुल ३ सय २५ स्टल रहेकाछन् ।
मेलामा माघी रौनक:
तिलोत्तमा व्यापार मेलामा सोमबार माघीको रौनक छाएको छ । आयोजकले थारु समुदायको महान पर्व माघीलाई लक्षितगरि सोमबार थारु संस्कृति झल्कने प्रस्तुतीलाई प्राथमिकता दिएको थियो ।

मेलामा थारु समुदायमा प्रख्यात लठ्ठी नाच र मयुर नांचले माहोल तताएको थियो भने स्थानिय कलाकाहरुको सांस्कृतिक झांकीले सबै दर्शकको ध्यान तानेको थियो ।

मेला आयोजक मुल समितिका संयोजक झबिन्द्र प्रसाद कंडेलले सबै संस्कृतिप्रति उत्तिकै सदभाव रहेको भन्दै माघी पर्वको अवसर पारेर मेलामा थारु संस्कृतिक प्रस्तुत गरिएको जनाए । मेलामा सोमबार २७ हजार दर्शकले अबलोकन गरेको र ३ करोड १५ लाख बराबरको कारोबार भएको संयोजक कंडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com