ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई अर्ब बढिको म्यूचुअल फण्डको कारोबार हुदै


admin
माघ १, २०७४ सोमबार  ४ : ३५ बजे

काठमाडौँ, १ माघ । पुँजी बजारमा नँया लगानीको स्रोतको रुपमा अघि आएको म्युचुअल फण्डमा आकर्षण बढ्दै गएको छ ।

विभिन्न बैंक तथा वित्तीय कम्पनीका सहायक कम्पनीले म्युचुअल फण्डको बिक्री गर्ने क्रम बढाउदै लगेपछि यसमा लगानीकर्ताको आकर्षण बढेको हो । यसै सन्दर्भमा मंगलबारदेखि थप दुई वटा महत्वपूर्ण कम्पनीले करिब दुई अर्ब रुपैँया बराबरको म्युचुअल फण्डको बिक्री शुरु गर्ने भएका छन् ।

सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएल क्यापिटलले एक अर्ब रुपैँया बराबरको सामूहिक लगानी कोषको इकार्ई बिक्री गर्ने भएको हो । क्यापिटलले रु १० प्रतिइकाईका दरले १० करोड इकाई बिक्री गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र बाँकी आठ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन खुल्ला गरेको हो ।

कम्पनीका अनुसार प्रतिइकाई रु १० का दरले न्यूनतम १०० इकाई अर्थात् रु १०० र अधिकतम २० लाख इकाई अर्थात् रु दुई करोड बराबरको आवेदन दिन सकिनेछ । क्यापिटलले ल्याएको सातवर्षे बन्दमुखी सामूहिक यो लगानीकोषमा आगामी माघ २ गतेदेखि ढिलोमा माघ १७ सम्म आवेदन दिन सकिने जनाइएको छ ।

त्यसैगरी एनआइसी एशिया क्यापिटलले व्यवस्थापन गरेको एनआइसी एशिया ग्रोथ फण्डको बिक्री पनि मंगलबारदेखि शुरु हुने भएको छ । सो क्यापिटलको म्युचुअल फण्डको आकार पनि एक अर्ब रुपैँया बराबरको छ । जसमध्ये १५ प्रतिशत कोष प्रवद्र्धक एनआइसी एशिया बैंकलाई सुरक्षित गरिएको छ ।

बाँकी रहेको आठ करोड ५० लाख इकाई विभिन्न संघसंस्था तथा व्यक्तिका लागि बिक्री गरिनेछ । यो योजना छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गते सम्म बिक्री गरिनेछ । यो म्युचुअल फण्डमा सहभागी हुन चाहने संघसंस्था तथा व्यक्तिले न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईसम्म खरिद गर्न सक्नेछन् । उक्त म्युचुअल फण्डले औसत वार्षिक न्यूनतम १६ प्रतिशतसम्म नगद लाभांश दिने विश्वास दिलाएको छ ।

उक्त म्युचुअल फण्डको वार्षिक प्रतिफल पहिलो वर्ष १५।५७ तथा साताँै वर्षमा १६।१३ प्रतिशत दिने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्जमा हाल कूल ११ कम्पनीका त्यस्ता म्युचुअल फण्डको कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com