ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको गाउँपालिकामा एमालेको “क्लिन स्विप”


एबीसी / संवाददाता

लमजुङ, ५ जेठ । क्व्होलासोंथार गाउँपालिकामा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका अध्यक्ष र सबै सदस्यमा एमाले विजयी भएको हो । बुधबार राति सकिएको मतगणना अनुसार नेकपा एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको गाउँपालिका (क्व्होलासोंथार) अध्यक्षमा एमालेका सूर्यप्रसाद गुरुङ विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी कांग्रेसका टेकबहादुर गुरुङलाई १ हजार ३ सय ६७ मतले हराउँदै आगामी ५ वर्षका लागि क्व्होलासोंथार गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । सूर्यप्रसादले ३ हजार ८ सय ५६ मत ल्याउनुभएको छ भने प्रतिद्वन्द्वी टेकबहादुर गुरुङले २ हजार ४ सय ८९ मत पाउनुभएको छ । अध्यक्षमा मंगोल नेश्नल अर्गनाइजेशनमा भुवरजंग गुरुङले ५१ मत प्राप्त गर्नुभएका

छ । उपाध्यक्षमा गमीमाया गुरुङ निर्वाचित हुनुभएको छ । कांग्रेस उम्मेदवार सिर्जना गुरुङलाई १ हजार ६ सय ४९ मतान्तरमा उपाध्यक्ष हासिल गर्नुभएको हो । गमीमायाले ३ हजार ९ सय ८९ मत पाउनुएको छ। सिर्जनाले २ हजार ३ सय ४० मत पाएको निर्वाचन अधिकृत तुलसीप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

वडाअध्यक्षतर्फ वडा नं. १ मा पेमा गुरुङ, वडा नं. २ मा खुसीमान गुरुङ, वडा नं. ३ मा आसबीर गुरुङ, वडा नं. ४ मा नारायण गुरुङ, वडा नं.५ मा गीतबहादुर गुरुङ, वडा नं.६ मा मनलाल गुरुङ, वडा नं.७ मा लक्षुमन गुरुङ, वडा नं.८ मा सन्तोष घले र वडा नं.९ मा हुमराज गुरुङसहित सबै सदस्य एमालेले जितेको छ ।२०७४ को स्थानीय चुनावमा क्व्होलासोंथर २ र ८ को अध्यक्ष र केही सदस्य कांग्रेसले जितेको थियो । यसपटक पालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्य गरी ९ वटै वडाका ४७ जना जनप्रतिनिधि नै एमालेका उम्मेदवार निर्वाचित भएको सहायक निर्वाचन अधिकृत त्रिलोकचन्द्र गुरुङले बताउनुभो। सबै पदमा एमाले मात्रै निर्वाचित भएको र कांग्रेसलगायत अन्य कुनै पनि पार्टी कुनै पनि पदमा निर्वाचित नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

स्वतन्त्र अभियानको मापदण्ड : स्नातक अनिवार्य, ६८ वर्षमाथिलाई रोक

काठमाडौं, १८ असार । स्वतन्त्र उम्मेदवारी अभियान अन्तर्गतको उम्मेदवार हुन १३ बुँदे मापदण्ड तय गरिएको छ । स्वतन्त्र उम्मेद्वारहरुको प्रथम राष्ट्रिय विशेष भेलामा अभियानका संयोजक

दुइवटा रनवेसहितको सुविधासम्पन्न विमानस्थल बनाउने प्रधानमन्त्री देउवाको भनाई

काठमाडौं, १८ असार ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताउनुभएको छ । शनिबार निजगढस्थित ’अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को निरीक्षणमा जानुभएका देउवाले सुविधासम्पन्न

विमानस्थलको निरीक्षण गर्न प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेता निजगढमा

काठमाडौं, १८ असार । प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरू बाराको निजगढ पुग्नुभएको छ ।  प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका

सम्बन्धित

स्वतन्त्र अभियानको मापदण्ड : स्नातक अनिवार्य, ६८ वर्षमाथिलाई रोक

दुइवटा रनवेसहितको सुविधासम्पन्न विमानस्थल बनाउने प्रधानमन्त्री देउवाको भनाई

विमानस्थलको निरीक्षण गर्न प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेता निजगढमा

पाँचथरमा पहिरोमा बेपत्ता तीन जनाको शव भेटियो

पाँचथरमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता

प्रधानमन्त्रीसहित शीर्ष नेता निजगढ जाँदै, सर्वोच्चले रोक लगाएको क्षेत्रको अवलोकन गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com