काठमाडौं, ४ जेठ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि हुनुहुन्छ ।पछिल्लो मत परिणामअनुसार दाहालले ९ हजार ६ सय ३१ र सुवेदीले ८ हजार १ सय १९ मत प्राप्त गर्नु भएको छ ।
दाहाल सुवेदीभन्दा १५ सय १२ मतले अगाडि हुनुहुन्छ ।यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३ सय ६० मत ल्याउनु भएको छ । भरतपुरको अहिलेसम्म २६ हजार ६ सय २६ मत गणना भएको छ ।
यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी अगाडि हुनुहुन्छ । उहाँले अहिलेसम्म ११ हजार ५ सय १५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ६ हजार ६ सय ११ मत पाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्