विराटनगर — मोरङको लेटाङ नगरपालिकाको मेयरमा एमालेका भूपेन्द्र लावती र उपमेयरमा एमालेकै कृष्णकुमारी निरौला पोखरेल विजयी भएका छन् । लावतीले १० हजार २२७ मत ल्याउँदा गठबन्धन तर्फ कांग्रेसका ज्ञानेन्द्र ढकाल ८ हजार १०५ मा सिमित रहे । त्यसैगरी उपमेयरमा पोखरेलले ९ हजार ४०६ मतले विजयी हुँदा माओवादी केन्द्रका कृष्ण लम्साल ४ हजार ९०५ मा सिमित रहे । अघिल्लो निर्वाचनमा यो नगरपालिकामा मेयर कांग्रेस र उपमेयर एमालेले जितेको थियो । यो मोरङ कांग्रेस सभापति डिगवहादुर लिम्बुको गृह नगर हो ।
प्रतिक्रिया दिनुहोस्