काठमाडौं, ३ जेठ दैलेख सदरमुकाम रहेको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवारहरु विजयी भएका छन् । नगरप्रमुखमा एमालेका लोमन शर्मा ५४३६ मत प्राप्त गरि विजयी हुनुभएको छ । भने उपप्रमुखमा पनि एमालेकै तप्ता कुमारी थापाले ५६७३ मत प्राप्त गरि विजयी हुनुभएको हो।
एमालेबाट प्रमुखमा शर्मा विजयी हुँदा गठबन्धनबाट कांग्रेसका निर्मला कुमारी खड्का थापाले ५३५७ प्राप्त गर्नु भएको थियो यस्तै उपप्रमुखमा एमालेकै थापा विजयी हुँदा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एसकी सावित्री मल्लले ३८३८ मत प्राप्त गरि पराजित हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्