ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहिलेसम्म कांग्रेस एक सयभन्दा धेरै पालिकामा विजयी : एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा


एबीसी / संवाददाता

काठमाडौं, ३ जेठ ।  पालिका चुनाव–२०७९ मा अहिलेसम्म सार्वजनिक मत परिणाम अनुसार कांग्रेस सबैभन्दा अगाडि रहेको छ । कांग्रेसले अहिलेसम्म १८ वटा नगरपालिका र ८४ वटा गाउँपालिका गरी १०२ वटा पालिका जितेको छ । यस्तै ८७ वटा नगरपालिका र ८६ वटा गाउँपालिका गरी प्रमुख पदमा १७३ पालिकामा कांग्रेस अगाडि रहेको निर्वाचन आयोगको पछिल्लो विवरण छ । यस्तै कांग्रेसले १३ वटा नगरपालिकाको उपमेयर र ८४ वटा गाउँपालिकाको उपाध्यक्ष जितिसकेको छ ।

६६ वटा नगरपालिकाको उपमेयर र ८४ वटा गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् । कांग्रेसले अहिलेसम्म १४ सय वडाध्यक्ष, १३८७ महिला सदस्य, १३२५ दलित महिला सदस्य र २७३६ सदस्य पदमा जितेको छ ।

यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले ४ वटा नगरपालिकाको मेयर र ५३ वटा गाउँपालिकाको अध्यक्ष गरी ५७ वटा पालिका प्रमुखमा जित निकालेको छ । ५९ नगरपालिका र ५९ गाउँपालिकाको प्रमुख गरी ११८ पालिकामा एमाले अगाडि रहेको छ ।

एमालेले ८ वटा नगरपालिकाको उपमेयर र ५२ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । ७१ वटा नगरपालिकाको उपमेयर र ६१ वटा गाउँपालिकाको उपाध्यक्षमा एमालेको अग्रता रहेको छ । यस्तै एमालेले १०५७ वटा वडाको अध्यक्ष जितेको छ । एमालेले ११४६ महिला सदस्य, ११३१ दलित महिला सदस्य र २३२१ सदस्यहरु जितेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै तेस्रोमा रहेको माओवादी केन्द्रले ३ वटा नगरपालिकाको मेयर र ४१ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । माओवादी केन्द्र २२ वटा नगरपालिका र ४१ गाउँपालिकाको प्रमुखमा अघि रहेको छ । माओवादी केन्द्रले तीन नगरपालिकाको उपमेयर र ४१ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

उपप्रमुखमा ३२ नगरपालिका र उपाध्यक्षमा ३६ गाउँपालिकामा माओवादी केन्द्र अगाडि छ । माओवादी केन्द्रले ५९३ वडाध्यक्ष, ५५२ महिला सदस्य, ५७७ दलित महिला सदस्य र १०३९ सदस्य जितेको छ ।

यस्तै नेकपा एकीकृत समाजवादीले चार वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com