काठमाडौं, २ जेठ । ०७४ मा नेकपा एमालेले वर्चश्व जमाएको दैलेखको भगवतीमाई गाउँपालिकामा नेकपा माओवादीले जितेको छ । माओवादीका गणेश थापाले २८ सय ४६ मत ल्याएर विजयी भएका छन् । उनले नेपाली काँग्रेसका दशरथ खड्कालाई ६४३ मतान्तरले पराजित गरेका हुन् ।
खड्काले २२ सय ३ मत ल्याए भने ०७४ मा पहिलो बनेको एमाले तेस्रो स्थानमा छ । एमालेका शान्ति शर्माले एक हजार ९३४ मत मात्रै पाए ।
उपाध्यक्षमा भने नेपाली काँग्रेसकी मिना खड्काले २६ सय ८३ मत ल्याएर विजयी भएकी छन् । त्यहाँ माओवादीकी मनिषा सोनीले २२ सय ४७ मत पाइन् भने एमालेकी वसन्ता शाहीले एक हजार ९२२ मत पाइन् । त्यहाँ समाजवादी र माओवादीको तालमेल थियो । समाजवादीले वडामा मात्र भाग लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्