दाङ, २ जेठ । बंगलाचुली गाउँपालिकामा नेकपा माओवादी केन्द्र र कांग्रेसको गठबन्धनबाट अध्यक्षमा तुल्सीराम पुन मगर र उपाध्यक्षमा भक्तबहादुर जिसी विजयी भएका छन् । अध्यक्षमा विजयी माओवादी केन्द्रका पुनले ५ हजार ७ सय ४९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका भेषराज खत्रीले ३ हजार ६ सय ७८ मत प्राप्त गरे ।
उपाध्यक्षमा निर्वाचित कांग्रेसका उम्मेदवार जिसीले ५ हजार ९ सय ४५ प्राप्त गर्दा नेकपा एमालेका सरस्वता कुमारी घर्तीले ३ हजार २ सय ६५ मत प्राप्त गरेकी छिन् ।अध्यक्षमा निर्वाचित पुन माओवादीका जिल्ला संयोजक हुन् भने उपाध्यक्षमा निर्वाचित जिसी बंगलाचुली गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखको जागिरबाट राजीनामा दिएर उम्मेद्वार बनेका हुन् ।बंगलाचुलीमा ४ वडा माओवादी केन्द्र र ४ वडा कांग्रेसले जितेको छ । एमालेले वडा नं। ७ मा दुई वटा खुला सदस्य मात्र जितेको छ । २०७४ मा अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रले जितेको थियो ।त्यसबेला मुख्य प्रतिस्पर्धी कांग्रेस थियो । मुख्य प्रतिस्पर्धीबीच नै गठबन्धन भएपछि एमालेले कुनै पनि वडामा जित हासिल गर्न सकेन । बंगलाचुलीमा १५ हजार ९ सय ५३ मतदातामध्ये १० हजार ७ सय ३३ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्