ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साइपल गाउँपालिकामा एमालेका उम्मेदवार विजयी : हालसम्म एमाले पहिलो र दोस्रो कांग्रेस


एबीसी / संवाददाता

बझाङ, १ जेठ । बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहराले ६७५ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित हुनुभयो । गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मतसहित विजयी हुनुभएको छ । उहांका प्रतिस्पर्धी कांग्रेसका बाटु बोहराले ६१९ मत ल्याउनुभयो । यो पालिकामा वडानम्बर १ मा प्यानलसहित नेकपा एमालेका नरेन्द्र धामी बिजयी हुनुभएको छ । वडा नम्बर २ मा कांग्रेसका हरिलाल बोहरा विजयी भएका छन् भने वडानम्बर ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी हुनुभएको छ ।

यस्तै, वडानम्बर ४ मा नेपाली कांग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी हुनुभएको छ भने वडानम्बर ५ एमालेका जयपाल बोहरा प्यानलसहित विजयी भएको छ ।एमालेबाट यस अघि सोलुखुम्बुको खुम्वु पासाङल्हामु गाउँपालिकाको अध्यक्ष मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासी ल्हामु, मनाङको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले, मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घले, मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरूङ, मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्वर्वु गुरूङ र डोल्पाको से फोक्सुण्डो गाउँपालिका अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी हुनुभएको छ ।

त्यस्तै कांग्रेसबाट मनाङको नार्पा भूमी गाँउपालिका कोन्जो तेन्जीङ लामा, मनाङको नासोँ गाउँपालिकास् धनबहादुर गुरुङ, मुस्ताङको घरपोझङ गाउँपालिका मोहनसिंह लालचन, गुल्मीको रेसुङ्गा नगरपालिकामा खिलध्वनज पन्थी, गन्यापधुरा गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर कार्की, गुल्मीको गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापा, डोटीको बडीकेदार गाउँपालिका अध्यक्ष भैरवबहादुर साउद विजयी हुनुभएको छ ।

नेकपा एकीकृत समाजवादीबाट डोल्पाको छार्का साङतोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ, डोल्पाको काइके गाउँपालिका अध्यक्ष अंगदकुमार राना विजयी हुनुभएको छ । नेकपा माओवादी केन्द्रबाट डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्ष नारसिङ रोकाय र दैलेखको नौमुले गाउँपालिका अध्यक्ष छविराम सुवेदी वीजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उमेर समूहका आधारमा निर्वाचित जनप्रतिनिधिको सङ्ख्या यस्तो छ

काठमाडौं, ९ जेठ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन् । निर्वाचन

मेयरमा रेनु र उपमेयरमा चित्रसेनको जित सुनिश्चित

चितवन ९ जेठ । भरतपुर महानगरपालिकामा ११ हजार १७३ मत गन्न बाँकी रहँदा नै मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदेवार रहेका रेनु दाहाल र

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

काठमाडौं, ९ जेठ । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडी विजयी भएका छन् ।घण्टाघर चुनाव चिह्नबाट निर्वाचन लडेका साहले १३४६५ मत पाए

सम्बन्धित

उमेर समूहका आधारमा निर्वाचित जनप्रतिनिधिको सङ्ख्या यस्तो छ

मेयरमा रेनु र उपमेयरमा चित्रसेनको जित सुनिश्चित

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

स्थानीय तह निर्वाचन गठबन्धनलाई अगाडि बढाउने मजबुत आधार बन्यो : प्रवक्ता महत

२२ सयमा झर्‍यो सेयर बजार

९ वटा उपमहानगरको मतगणना सकियो, जनकपुरधाम र तुलसीपुर बाँकी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com