बागलुङ, १ जेठ । बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार विजयी भएका छन् । माओवादीका धनबहादुर विकले २ हजार २८५ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभएको हो । ताराखोलामा माओवादीको पुरै प्यानल विजयी भएको छ।
गाउँपालिकाका पूर्वअध्यक्ष प्रकाश घर्ती माओवादीबाटै बागी उठे पनि उहाँले माओवादी उम्मेदवारको विजय रोक्न सक्नुभएन । पार्टीले टिकट नदिएपछि प्रकाश बागीमा उठ्नुभएको थियो । उहाँले २०९० मत पाएका छन् ।








प्रतिक्रिया दिनुहोस्