ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धनका लागि सबैभन्दा ठूलो खड्गो बैशाख ३० मा छ : अध्यक्ष ओली


एबीसी / संवाददाता
बैशाख २५, २०७९ आईतबार  १ : १७ बजे

काठमाडौ, २५ बैशाख । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई आगामी ३० वैशाखमा ठूलो मर्का पर्ने दाबी गर्नुभएको छ । उहाँले आफूलाई राजनीतिक र ग्रहदशा हेर्ने दुवै थरी ज्योतिषीले भनेको भन्दै गठबन्धनभित्र ठूलो संकट आउन लागेको दाबी गर्नभएको हो ।

‘ज्योतिषीहरूको भनाइमा गठबन्धनका लागि सबभन्दा ठूलो खड्गो त यही वैशाख ३० नै हो । यसैमा गठबन्धनलाई साह्रै ठूलो मर्का पर्नेवाला छ’ उहाँले भन्नुभयो, ‘कस्तो दिन छानेर उहाँहरूले राख्नु भएछ ? यो वैशाख ३० मा त उहाँहरूलाई हुनसम्म हुन्छ क्या १ ढाडै भाँचिने गरी ।’ त्यस्तो हुन्छ भन्ने ज्योतिषीहरूको कुरा भएको भन्दै उहाँले आफू पनि ज्योतिषी हो कि भनेर भ्रम नपाल्न आग्रह गर्नुभयो ।

उहाँले आफूले भनेको कुरामा विश्वास नभएर प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषीलाई बोलाएर सोध्न चुनौती दिनुभयो । ‘मैले ज्योतिषीहरूको कुरा भनेको । एउटा ग्रहदशा हेर्ने र अर्को राजनीति हेर्ने ज्योतिषी हुन्छन् । अहिलेचाहिं दुवै प्रकारका ज्योतिषीहरू गठबन्धनका अगाडि महासंकट उत्पन्न हुँदैछ भन्छन्’ उहाँले भन्नुभयाे, ‘होइन भने प्रधानमन्त्रीज्यूले ठयाक्कै-ठयाक्कै मिलाउने उहाँको आफ्नै ज्योतिषीलाई बोलाएर सोध्नु भए हुन्छ । मैले त्यही भनेको छु ।’ आफूले गठबन्धन रहन्छ वा रहँदैन भन्नेमा केही नभनेको अध्यक्ष ओलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइयो

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

एमालेले आज सबै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने, काठमाडौँमा कानुविद्हरूसँग अन्तक्रिया

ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com