ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेससँग देश विकासका लागि कुनै योजना नभएको आरोप : अध्यक्ष ओली


एबीसी / संवाददाता
बैशाख २५, २०७९ आईतबार  १२ : ०५ बजे

काठमाडौँ, २५ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसको कडा आलोचना गर्नुभएको छ । आगामी ३० गते हुने स्थानीय निर्वाचनमा एमालेलाई मत दिने अपिलका लागि आइतबार पत्रकार सम्मेलन गर्नुभएका ओलीले कांग्रेसले कमजोर तत्वहरुलाई बोकेर उल्टो बाटो समातेको आरोप लगाउनुभयो । आफ्नो सरकार विकासको मार्गमा अघि बढिरहेको बेला कांग्रेसले ब्यवधान खडा गरेको भन्दै ओलीले देशलाई पछाडि फर्काउन कांग्रेसले कमजोर तत्वहरुलाई बोकेको आरोप लगाउनुभयो ।

कांग्रेसले लोकतन्त्र, संसदीय मूल्य मान्यता र राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गरेको आरोप पनि लगाउनुभयो । आफ्नो सरकारका सामु ताजा जनादेशका लागि जनतामा जाने बाहेक विकल्न नरहेको जिकीर गर्दै उहाँले अदालतको परमादेशबाट बनेको सरकारले देशलाई नै बन्धक बनाएको आरोप लगाउनुभयो ।

एमाले बाहेकका अन्य पार्टीहरु अन्योल र अनिश्‍चयबाट ग्रसित भएको जिकीर गर्दै ओलीले राष्ट्रिय एकता कमजोर पार्ने र देशभक्तिलाई होच्याउने कुरा एमालेलाई स्वीकार्य छैन भन्नुभयो । नेकपा एमालेले शुरु गरेका काम पूरा भए मात्रै देशमा समृद्धि आउने भन्दै उहाँले त्यसका लागि स्थानीय तहमा पनि एमालेकै सरकार आवश्यक हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइयो

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

एमालेले आज सबै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने, काठमाडौँमा कानुविद्हरूसँग अन्तक्रिया

ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com