ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विधेयक पारित गरेर नागरिकता समस्या समाधान गर्छाैँ : प्रधानमन्त्री देउवा


एबीसी / संवाददाता

काठमाडौँ, २४ बैशाख । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकतासम्बन्धी विधेयक पारित गरी नागरिकको समस्या समाधान गरिने बताउनुभएको छ । पाँचदलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले नागरिकता समस्या समाधानका लागि सरकारले नागरिकतासम्बन्धी विधेयक संसदमा पेस गरी पारित गरिने बताउनुभयो ।

‘‘नागरिकताको समस्या समाधानका लागि नागरिकतासम्बन्धी विधेयक संसद्मा प्रस्तुत गर्न हामीले खोज्यौँ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “तर एमालेले गर्दै आएको संसद् अवरुद्धका कारण विधेयक पेस गर्न सकेका छैनौँ ।” यद्यपि अब बस्ने संसद्को बैठकमा विधेयक टेबल गरी पारित गरिने उहाँको भनाइ थियो । पाँच दलीय गठबन्धनलाई जोगाएर लैजानु अहिलेको आवश्यकता रहेको प्रसङ्ग उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले पार्टीको निर्देशन र गठबन्धनविरुद्ध जानेलाई तत्काल कारबाही गरिने बताउनुभयो । “पार्टीका नेता कार्यकर्ता हामी सबै अनुशासनमा बस्नुपर्छ”, उहाँले भन्नुभयो, “पार्टीको निर्देशन विपरीत बागी उम्मेदवारी दिने, गठबन्धनलाई हराउन मद्दत गर्ने कुरा सह्य हुँदैन, त्यस्तालाई तत्काल कारबाही गर्छौँ ।” गठबन्धनलाई जोगाई राख्नुपर्छ भन्ने पार्टीको महाधिवेशन र केन्द्रीय समितिको म्याडेन्डअनुसार गठबन्धन भएकाले यसविरुद्ध कसैलाई जाने छुट छैन, उहाँको कथन थियो ।

जनताले ठूलो लडाइँ र सङ्घर्ष गरेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई विगतमा कुल्चिने प्रयास भएकाले अझै पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऐतिहासिक आवश्यकताका आधारमा गठबन्धन बनेकाले गठबन्धलाई मजबुत बनाएर लैजान सकिएमात्र मुलुकमा राजनीतिक स्थायित्व र विकास सम्भव हुने बताउनुभयो । तीनै तहको निर्वाचनमार्फत जनताको तागत लिई मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास र समृद्धिको नयाँ युगको थालनी गर्ने सोचका साथ पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले लोकतन्त्रको रक्षा गर्न, गणतन्त्रको सुदृढीकरणका लागि र जनताको इच्छा, आकाङ्क्षा पूरा गर्नका निम्ति तीनै तहको निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो ।

गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सकिए जनकपुरधामको स्वरुप परिवर्तन हुने विश्वास व्यक्त गर्नुहुँदै उहाँले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन पाँचै दलका नेता कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो । मधेसको मुद्दा सम्बोधन गर्न आफू प्रधानमन्त्री भएका बेला दुईपटक संविधान संशोधनको प्रस्ताव संसद्मा लगिए पनि एमालेका कारण संविधान संशोधन हुन नसकेको जिकिर गर्नुहुँदै उहाँले संविधान संशोधन गरी मधेसका माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । सभामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिगामी शक्तिविरुद्ध गठबन्धन भएकाले गठबन्धनलाई इमान्दारितापूर्वक जिताउनुपर्ने बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि र प्रतिगामीका विरुद्ध गठबन्धनलाई निरन्तरता दिनुको विकल्प नरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष यादवले गठबन्धन पक्षमा देशव्यापी रुपमा जनलहर बढ्दै गएको दाबीसमेत गर्नुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनका साझा उम्मेदवारविरुद्ध घात र अन्तरघात गर्नेलाई पार्टीले कारबाही गर्ने बताउनुभयो । “घात र अन्तरघातले पार्टी र गठबन्धनलाई कमजोर बनाउँछ”, वरिष्ठ नेता पौडेलले भन्नुभयो, “त्यसैले गठबन्धनविरुद्ध जाने जुनसुकै नेतालाई कारबाही हुन्छ ।” जनकपुरधाम उपमहानगरपालिकामा बागी उम्मेदवारले जित्दै आएको इतिहास छ, तर अब त्यस्तो गर्नु हुँदैन, यसले कसैलाई भलो गर्दैन, उहाँको कथन थियो । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारको सभापतित्वमा आयोजित सभामा नेपाली कांग्रेसका सहमहामन्त्रीद्वय भीष्मराज आङ्गदम्बे, महेन्द्र यादव, नेकपा माओवादी केन्द्र्रका मधेस प्रदेश इन्चार्ज गणेश साह, नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता तथा मधेस प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामसरोज यादव लगायतले राजनीतिक स्थायित्व र मुलुकको विकास, समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com