ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसीको सहयोगमा सडक विभागमा निर्मित नयाँ प्रयोगशालाको उद्घाटन


एबीसी / संवाददाता

काठमाडौं १३ वैशाख । सडक विभाग, मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति ९एमसिए–नेपाल० तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का प्रतिनिधिले आज एक समारोहबीच सडक विभागमा निर्माण गरिएका प्रयोगशालाहरूको संयुक्त रूपमा उद्घाटन गरेका छन् । सडकको गुणस्तरलाई दिगो बनाउन र दीर्घकालीन मर्मतसम्बन्धी आवश्यकता सम्बोधन गर्न एमसिए–नेपालले लिएको पहलमा सडक विभाग एक प्रमुख साझेदार हो । एमसिए–नेपालद्वारा गरिएको ती प्रयोगशालाको निर्माण तथा उपकरणको जडान एमसीसी–नेपाल कम्प्याक्टको अनुदानमा सम्पन्न एक महत्वपूर्ण कोसेढुङ्गाका रुपमा रहेको छ । सडक विभागका महानिर्देशक शिवहरि सापकोटा, युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिकाका लागि मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का नायब उपाध्यक्ष जोनाथन ब्रुक्स तथा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले ती प्रयोगशालाको संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।

उद्घाटन गरिएका आस्फाल्ट मिक्स डिजाइन प्रयोगशाला, सुपरपेभ आस्फाल्ट प्रयोगशाला, भण्डारण प्रयोगशाला तथा कटिङ एवं कोर ड्रिलिङ उपकरण प्रयोगशालाले एमसीसीको रु छ अर्ब ३८ करोड अनुदानमा कार्यान्वयन गर्न लागिएको सडक मर्मत आयोजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । उद्घाटन कार्यक्रममा सडक विभागका महानिर्देशक सापकोटाले एमसीसीबाट प्राप्त सहयोगलाई नेपालको सडकको गुणस्तर सुधारमा प्रयोग गर्न पाएको खुसी व्यक्त गर्नुभयो । यसैगरी युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिकाका लागि एमसीसीका नायब उपाध्यक्ष ब्रुक्सले भन्नुभयो, “नेपालसँगको एमसीसी साझेदारीले नेपाली जनताका लागि काम थालिसकेको छ । यी अत्याधुनिक प्रयोगशालाको उद्घाटन एमसीसी र नेपालबीचको साझेदारीका क्रममा एक महत्वपूर्ण कदम हो र यसले थप समृद्ध भविष्यतर्फको बाटो खोल्नेछ ।”
एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले सडक मर्मतका लागि पहिलोपटक प्रयोग गर्न लागिएका नयाँ प्रविधि नेपालको सडक मर्मतसम्बन्धी अभ्यासका सन्दर्भमा नयाँ फड्को हुने विश्वास व्यक्त गर्नुभयो । सो प्रयोगशालाको निर्माण तथा प्रयोगशालासम्बन्धी उपकरणको हस्तान्तरण कार्य सरकार तथा एमसीसीबीच २०७४ साल भदौ २९ गते हस्ताक्षर भएको एमसीसी नेपाल कम्प्याक्ट सम्झौताअन्तर्गत सडक मर्मत आयोजनाले उपलब्ध गराउने प्राविधिक सहयोगको एक महत्वपूर्ण अंश हो । एमसिए–नेपालले सडक विभागलाई सडक मर्मत आयोजनाअन्तर्गत करिब रु ४४ करोड ५३ लाख बराबरको प्राविधिक सहयोग उपलब्ध गराउनेछ । सो सहयोग सडक विभागका लागि प्राविधिक सहयोग, यातायात तथा सडकको भारवहन क्षमता मापनका लागि सो विभागको सूचना प्रविधि एकाइको सबलीकरण र सडक मर्मतसम्बन्धी नयाँ प्रविधि तथा उन्नत आयोजना व्यवस्थापनसम्बन्धी प्रशिक्षण सञ्चालनमा परिचालन गरिनेछ ।

करिब रु १६ करोड ५९ लाख मूल्यकोे सुपरपेभ आस्फाल्ट मिक्स डिजाइनसम्बन्धी उपकरण तथा फलिङ वेट डिफ्लेक्टो मिटरलगायतका उपकरण जडान गरिएको उक्त प्रयोगशाला भवन करिब रु ७३ लाख २० हजारको लागतमा निर्माण गरिएको हो । प्रयोगशालामा जडान गरिएका उपकरण सडक विभागद्वारा सञ्चालन गरिने सडक मर्मत आयोजनासम्बन्धी क्रियाकलाप तथा सडक विभागका प्राविधिज्ञहरूका लागि नियमितरूपमा सञ्चालन गरिने प्रशिक्षणका लागि प्रयोग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले उज्जैनमा १०८ केजी रुद्राक्ष चढाएर महाकालको दर्शन गरे

पाँच बुँदे रारा घोषणापत्रमा के छ ? (भिडियोसहित)

सम्बन्धित

प्रधानमन्त्रीले उज्जैनमा १०८ केजी रुद्राक्ष चढाएर महाकालको दर्शन गरे

मध्य प्रदेशमा प्रधानमन्त्रीलाई यसरी गरियो स्वागत (फोटोफिचर)

अमेरिकी राष्ट्रपति बाइडेन कार्यक्रमस्थलमै लडे

सीटीईभीटीका उच्च अधिकारी सवार जिप सुनकोशीमा खस्यो

प्रचण्डलाई महारष्ट्रका मुख्य मन्त्री चौहानले स्वागत गर्दै भने – हाम्रो शरीर दुई, सभ्यता र संस्कृति एकै

कालापानीको विकल्पमा बंगलादेश जाने सिधा बाटोबारे सोच्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com