ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना प्रभावित पर्यटनको पुर्नरुत्थानसँगै क्षमता अभिवृद्धि तालिम


एबीसी / संवाददाता
बैशाख ११, २०७९ आईतबार  ५ : १८ बजे

काठमाडौं ११ वैशाख। पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पुतलीबजार नगरपालिका–९ मा सञ्चालित कोल्मा पोखरीछाप कम्युनिटी होमस्टेका सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । कोरोनाले पर्यटन क्षेत्र प्रभावित भएका अवस्थामा यसको पुर्नरुत्थानसँगै त्यहाँका होमस्टे सञ्चालकलाई व्यवसाय बढाउन सहयोग गर्ने उद्देश्यका साथ क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको टेवानका अध्यक्ष रेनुु थापाले जानकारी दिनुभयो । तालिममा पोखरीछाप कम्युनिटी होमस्टेका ४० जनाको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमका क्रममा पोखराबाट गएको पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोलीले त्यहाँ सञ्चालित घरवास अवलोकन, दृश्यावलोकनसँगै मिलेनियम ट्रेकको अवस्था लगायतका विषयमा जानकारी लिएको उहाँले बताउनुभयो । होमस्टे सञ्चालकलाई तालिम दिँदै गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीले गाउँका विशेषतालाई पर्यटन बजारमा पु¥याउन सक्नुपर्नेमा जोड दिनुभयो ।
गाउँ पर्यटनमा होमस्टे (घरवास) को महत्वपूर्ण भूमिका हुने जनाउँदै उहाँले राम्रो आतिथ्यता, सरसफाइ एवं व्यवहारले पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभयो । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स९नाट्टा० गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले गाउँका प्रकृति र संस्कृतिलाई पर्यटकीय रुपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम संयोजक सरिता क्षेत्री, मिलेनियम ट्रेक व्यवस्थापन समितिका अध्यक्ष नवीनप्रकाश गुरुङ, टेवानका महासचिव शोभा न्यौपाने पाण्डे लगायतले मिलेनिमयम ट्रेकका आसपासका प्रकृति र संस्कृतिले भरिपूर्ण गाउँलाई पर्यटकीय रुपमा उपयोग गर्न सकेमा यस क्षेत्रकै समृद्धिमा महत्वपूर्ण सफलता हासिल हुनेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

सम्बन्धित

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयप्रति १४ संगठनको सामूहिक विरोध

गालीगलौज तथा बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

प्रहरी परिसरमा लेखकको बयान सुरू

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com