ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘पत्रकारले सत्यका पक्षमा निर्भिकताका साथ उभिनुपर्छ’


एबीसी / संवाददाता

काठमाडौं १० बैशाख । समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले स्थानीय तहको निर्वाचनमा सबै पत्रकार सत्यका पक्षमा निर्भिकताकासाथ उपस्थित हुनुपर्ने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल मेट्रो एफ एम प्रतिष्ठान शाखा भेलाको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “पत्रकारिता जहिले पनि अग्रगमनको पक्षमा हुने भएकाले कुनै पनि पत्रकारले प्रतिगमन ठीक हो भन्न सक्तैन ।’’
नेकपा ९एकीकृत समाजवादी० का प्रचार विभाग उपप्रमुखसमेत रहनुभएका अध्यक्ष श्रेष्ठले लोकतन्त्रको जग भनेको स्वतन्त्र र निष्पक्ष आवधिक निर्वाचन हो भन्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाधलीरहित बनाउनका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका केन्द्रीय सदस्य एवं पेशागत कमिटीका अध्यक्ष भोलानाथ पोखरेलले समाजवादी प्रेस सङ्गठनले राम्रा र क्षमतावान पत्रकारलाई सङ्गठित गरेकाले सञ्चार क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले आमसञ्चार क्षेत्र तथा पत्रकारले सामाजिक न्याय र समानताका पक्षमा जनमत सिर्जना गनुपर्ने उल्लेख गर्नुभयो ।

सङ्गठनका उपाध्यक्ष एवं उपत्यका प्रदेश इन्चार्ज शन्तराम बिडारीले मुलुकलाई अग्रगमणको बाटोमा डो¥याउनका लागि समाजवादी प्रेस सङ्गठन स्थापना भएको बताउनुभयो । अर्का उपाध्यक्ष विश्वमणि सुवेदी, नेपाल पत्रकार महासङ्घका सचिव गोविन्द चौलागाईं, सङ्गठनका उपमहासचिव उर्मिला कुँवर, काठमाडौँ महानगरपालिकाका सूचना प्रविधि विभाग प्रमुख नवराज ढकाल, लेखक शम्भु बराललगायतले पत्रकारिता क्षेत्रलाई थप व्यवसायिक र मर्यादिन बनाउनुपर्ने खाँचो औँल्याउनुभयो ।
भेलाले किशोरकुमार सेढाइको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा गौरव पोखरेल, सचिव प्रकाश उप्रेती, कोषाध्यक्ष उदेन सायमी, सदस्यमा पूर्ण महर्जन, जीतबहादुर मगर र बाबुकृष्ण मानन्धर रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले उज्जैनमा १०८ केजी रुद्राक्ष चढाएर महाकालको दर्शन गरे

पाँच बुँदे रारा घोषणापत्रमा के छ ? (भिडियोसहित)

सम्बन्धित

दुग्ध उद्योग स्थापनापछि बजार व्यवस्थापनमा सहज

केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ?

प्रधानमन्त्रीले उज्जैनमा १०८ केजी रुद्राक्ष चढाएर महाकालको दर्शन गरे

पाँच बुँदे रारा घोषणापत्रमा के छ ? (भिडियोसहित)

सेनाको अगुवाइमा सामुदायिक विपद् व्यवस्थापन अभ्यास

मध्य प्रदेशमा प्रधानमन्त्रीलाई यसरी गरियो स्वागत (फोटोफिचर)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com