ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेची–महाकाली रेलवेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन निर्माण


एबीसी / संवाददाता

काठमाडौं, ८ वैशाख ।  राष्ट्रिय गौरवको आयोजनाअन्र्तगत रहेको मेची–महाकाली रेलवे आयोजनाको सुख्खड–गड्डाचौकी खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी (निर्माण)को कार्य अन्तिम चरणमा पुगेको छ । रेलवे आयोजनाको सो खण्डको क्षेत्रमा पर्ने सुरुको बिन्दु कञ्चनपुरको गड्डाचौकीबाट अन्तिम बिन्दु कैलालीको खुख्खड क्षेत्रभित्र पर्ने स्थानमा सार्वजनिक सूचना टाँस गरी राय–सुझाव सङ्कलनको कार्य अगाडि बढाइएको छ । आयोजनाका वातावरणविद् दिपेश आर्चायका अनुसार आयोजना सञ्चालन हुने क्षेत्रको प्राकृतिक, भौतिक, सामाजिक, जैविक, सांस्कृतिक र आर्थिक प्रणालीबीच के–कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न वातावरणीय प्रभाव मूल्याङ्कनको कार्य भइरहेको छ । आयोजना कार्यान्वयन गर्दा प्रभाव पर्न सक्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालय, डिभिजन वन कार्यालय, स्थानीय तह, वडा, विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सामुदायिक वन उपभोक्ता समूह, सरोकारवाला व्यक्ति तथा संस्थाको लिखित राय–सुझाव लिनका लागि सार्वजनिक सूचना टाँस गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।

“वातावरण संरक्षण नियमावली २०७७ को अनुसूचि ९ को वातावरणीय अध्ययन प्रतिवेदनसम्बन्धी सार्वजनिक सूचनाको ढाँचाबमोजिम सात दिनभित्र राय–सुझाव माग गरेका छौँ”, उहाँले भन्नुभयो, “सुझाव आएपछि प्रतिवेदनलाई अन्तिम रुप दिई रेल विभागमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गर्छौँ ।” मेची–महाकाली रेलवे आयोजनाको सुख्खड–गड्डाचौकी खण्डको वातावरणीय प्रभाव मूल्याङकन मस्यौदा प्रतिवेदनअनुसार प्रस्तावित रेल आयोजना सुदूरपश्चिम तराईको भागको पूर्व–पश्चिम राजमार्गको ३०० मिटरदेखि एक हजार ३०० मिटर दक्षिण हँुदै जाने छ । आयोजनाको सुरुआत बिन्दु गड्डाचौकीको महाकाली नदीभन्दा दुई किलोमिटर पूर्वमा रहने छ । यो मार्ग रेखा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन, लालझाडी–मोहना संरक्षण क्षेत्र, सरकारी वन, सामुदायिक वन, निजी आवादी जमिन हुँदै कैलालीको सुख्खडसम्म रहेको छ ।

प्रस्तावित सुख्खड–गड्डाचौकी मार्ग रेखा ९० किलोमिटर लम्बाइ, रेलवे तटबन्धको माथिल्लो चौडाइ आठ मिटरसम्म हुने छ । रेलमार्गमा कूल ११ रेलवे स्टेशन, दुई यात्रु स्टेशन, तीन सिग्नल स्टेशन, गड्डाचौकीमा टर्मिनल स्टेशन र पाँचवटा स्टेशन भविष्यमा स्टेशनका रूपमा विकास गरिनेछ । रेलवे आयोजनाको क्षेत्राधिकार मार्गरेखाको केन्द्रबाट दायाँ–बायाँ दुवैतर्फ २५–२५ मिटरको रहने छ । रेलवेको डिजाइन गति २०० किलोमिटर प्रतिघण्टा हुने छ । प्रस्तावित रेलवेमार्ग रेखासँगै निर्माण गर्न आवश्यक साना–ठूला पुलको सङ्ख्या १२९, प्राकृतिक डे«नेज क्रसिङ रहेका छन् । त्यसमा ७४ नदी क्रसिङ पार गर्न पुल आवश्यक हुने मस्यौदामा उल्लेख गरिएको छ । यसैगरी एलाइटमेन्टमा करिब २७ ठूला र साना नदी तथा खोला रहेका छन् । सुख्खड–गड्डाचौकी रेलवे आयोजनाको मुख्य रेखाको ५० मिटर क्षेत्राधिकारभित्र कृषि जमिन, जल क्षेत्र, नदी क्रसिङ, बस्ती, वन तथा सडक क्रसिङले ढाकिएको छ ।

“रेलवे आयोजना क्षेत्रमा पर्ने जग्गा स्थायीरूपमा अधिग्रहण गर्नका लागि ४३९ दशमवल आठ हेक्टर जमिन आवश्क पर्छ”, वातावरणविद् आर्चायले भन्नुभयो, “जसमा कृषि क्षेत्रको २२० दशमलव ३६ हेक्टर, वन क्षेत्रको १४२ दशमलव दुई हेक्टर, बस्ती तथा पूर्वाधारमा ५७ दशमवल १६ हेक्टर तथा प्राकृतिक र जल निकासीलगायत क्षेत्रमा १९ दशमलव ३९ क्षेत्र ओगट्ने अनुमान गरिएको छ ।” आयोजना निर्माणकार्य चारदेखि पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । त्यसमा २८ हजार ५१३ दक्ष र अदक्ष कामदारले रोजगारी पाउने छन् । प्रस्तावित आयोजाको मार्गरेखामा रहेका बस्ती क्षेत्रका ८६८ निजी घर संरचना प्रत्यक्षरूपमा प्रभावित हुने छन् । घर संरचना भत्काउँदा घरधनीलाई जग्गा प्राप्ति ऐन २०३४ अनुसार क्षतिपूर्ति दिइने छ ।

घर संरचनाको अनुमानित लागत रु ९० करोड ५१ लख ४६ हजार ८३९ रहेको छ । आयोजना प्रभावित बासिन्दा र अन्य सरोकारवालाको छलफलका आधारमा हालको बजार मूल्यअनुसार जग्गाको मूल्य निर्धारण गरिएको वातावरणविद् आचार्यको भनाइ छ । उहाँका अनुसार घर जग्गा, रुखलगायत निजी सम्पत्तिको क्षतिपूर्ति भुक्तानीकोे कूल अनुमानित लागत रु ११ अर्ब ३५ करोड पाँच लाख ६५ हजार ७२४ अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com