काठमाडौं, १८ चैत्र । एबीसी टेलिभिजनका प्रधान सम्पादक तथा नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कडेलको ममतामयी आमाको १३ औं पुण्य तिथिमा एबीसी टेलिभिजन परिवारले श्रद्धान्जली ब्यक्त गरेको छ ।स्वर्गीय माता पवित्रा कंडेल प्रति श्रद्धासुमन ब्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
चितवनको लंकु निवासी स्वर्गिय पवित्रा कंडेलको ९१ वर्षको उमेरमा यही चैत्र ६ गते असामयिक निधन भएको थियो । स्वर्गीय पवित्रा कंडेलका दुई छोरा शुभशंकर कंडेल, मेघनाथ कंडेल, बुहारीहरु शारदा शर्मा र राधिका कंडेल तथा तीन जना नाति र दुई जना नातिनी तथा एक नातिनी बुहारी र एक जना नातिनी ज्वाईं हुनुहुन्छ ।कंडेलका पिता पृथ्वीप्रसाद कंडेलको २०६८ साल चैत ४ गते ८६ वर्षको उमेरमा निधन भएको थियो । यस अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनको लंकु कंडेल निवास पुगेर मृतआत्मा प्रति श्रद्धान्जली ब्यक्त गर्नुभएको थियो. ।यस्तै लुम्वेनी प्रदेशका प्रमुख अमिक शेरचनले कँडेल निवास चितवन पुगेर श्रद्धासुमन ब्यक्त गर्नुभएको थियो ।








प्रतिक्रिया दिनुहोस्