ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिएका चिनियाँ विदेश मन्त्री वाङ यीको भ्रमण कति सफल ? (भिडियो सहित)


एबीसी / संवाददाता

काठमाडौं/  इस्लामिक देशहरूको सम्मेलनमा ‘विशेष पाहुना’ बनेर पाकिस्तान पुगेका चिनियाँ विदेश मन्त्री वाङ यी शुक्रबार काठमाडौं ओर्लिए र ३ दिने नेपाल भ्रमण सकेर आइतवार नै स्वदेश फिर्ता भएका छन् । २५ सदस्यीय भ्रमण टोलीसहित उनि काठमाडौं उत्रिएका थिए । पाकिस्तानबाट अफगानिस्तान र त्यसपछि शुक्रबार भारतमा केही घण्टा बिताएर उनी बेलुकीपख काठमाडौं उत्रिएका थिए । २०७६ सालमा चिनियाँ राष्ट्रपति सी चीनफिङ नेपालमा छोडिगएको उच्चपदस्थ ‘पदचाप’ पछि चिनियाँ विशिष्ट पाहुनाको यो पहिलो नेपाल भ्रमण हो । करिब २३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल आएको यो पहिलोपल्ट थियो ।

जसलाई तत्कालीन ओली सरकारले आफ्नो शासनकालको एउटा ‘महत्वपूर्ण उपलब्धि’का रूपमा मानेको छ । नेपालका लागि चिनियाँ विदेशमन्त्री वाङ यी खासै ‘नयाँ’ पाहुना भने होइन । उनी काठमाडौं ओर्लिएको यो तेस्रोपटक हो । यसपटक पनि उनी एउटा फरक राजनीतिक परिस्थितिमा नेपाल आएका छन् । चीनका विदेशमन्त्रीको तीन दिने नेपाल भ्रमणलाई निकै महत्वपूर्णरुपमा लिइएको छ ।

चैत १२ गते शनिबार नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यीले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेका थिए । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटसँगै देशका प्रमुख राजनीतिक दलका अध्यक्षहरुसँगको भेटमा वाङ यी व्यस्त रहे । यस क्रममा नेपाल र चीनबीचको परराष्ट्रस्तरीय वार्तामा पारस्पारिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा ९ वटा समझदारीमा हस्ताक्षर भएको जनाइएको छ । अनि अघिल्लोपटक चिनियाँ राष्ट्रपति सि चीनफिङ आउँदा भएका सम्झौताहरूको कार्यान्वयनबारेमा पनि दुई देशका प्रतिनिधिहरूबीच गहिरो समीक्षा भएका छन् तर त्यसअघि तत्कालीन प्रधानमन्त्री चीन गएका बेला भएका धेरै ठूला परियोजना सम्झौताहरू पनि अहिलेसम्म कार्यान्वायन हुन सकेका छैनन् ।

अहिले ९ बुँदे सहमतिमा हस्ताक्षर गरिएको छ । सहमतिमा हस्ताक्षर गर्ने तर कार्यानन्वय पक्ष भने फितलो भएको हुदाँ यस तर्फ दुवै पक्षले गम्भिर रुपमा ध्यान दिन आवश्यक छ ।नेपाल चीनबीच राष्ट्रप्रमुख र सरकारप्रमुखका तहमा हालसम्म २४ पटक भ्रमण भइसकेको छ । पछिल्लो समय पनि चीनमा विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमणका क्रममा पनि सम्बन्ध सुधार एवम् पारस्पारिक हितका विषयमा केही थप सम्झौता भए । साझा समृद्धिको अवधारणामा चीनले अघि सारेको बेल्ड एण्ड रोड बीआरआई परियोजनामा नेपाल र चीनबीच सन् २०१७ मा सम्झौता भयो । तर, सम्झौता भएको ५ वर्ष बितिसक्दा पनि यसको कार्यान्वयनको पाटो भने अघि बढ्न सकेको छैन । समय–समयमा हुने यस्ता भ्रमणले एकअर्कालाई बुझ्न तथा पीरमर्का सम्बोधनका साथै सम्बन्धको नवीकरणमा मद्दत पुग्नेछ । अरनिको र भृकुटीले जोडेको युगौँ पुरानो नेपाल–चीन सम्बन्ध सन् १९५५ मा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध कायम भएपछि निरन्तर मौलाउँदै गएको छ भने मैत्रीपूर्ण सहयोगको परम्परा र उच्चस्तरीय भ्रमण आदान–प्रदानले पारस्परिक आत्मीयता अझ बढाएको छ । तर, पछिल्लो केही वर्षयता थोरै उतार–चढाव देखिएका छन् । पछिल्लो समय एमसीसी मुद्दा, हुम्लामा देखिएको सीमा विवाद, तिब्बती शरणार्थीलाई परिचयपत्र लगायतका विषयमा चीनले शंका मानेको छ । यसबाहेक चीनको लगानीमा सञ्चालित बीआरआई लगायतका योजनाहरूमा भइरहेको ढिलासुस्ती, उत्तरी नाकाबाट सामान आयातमा आएको कमी लगाायतका विषयमा चीनको भूमिकाका विषयमा नेपालभित्र पनि टिकाटिप्पणीहरू भइरहेका छन् । यस्तो बेला चिनियाँ विदेशमन्त्री यीको नेपाल भ्रमणले यस्ता यावत समस्याहरूको गहन छलफलबाट निकास निस्किने र नेपाल–चीनबीचको परस्पर सम्बन्ध नया उचाईमा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com