ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले पाँच जिल्लामा नेतृत्व चयन गर्दै


एबीसी / संवाददाता

काठमाडौँ, २३ फागुन । सत्तारुढ नेपाली कांग्रेसले बाँकी रहेका केही जिल्लामा आज (सोमबार) महाधिवेशन गर्दैछ ।
मधेस प्रदेशका चार जिल्लासहित पाँच जिल्लामा कांग्रेसले जिल्ला नेतृत्व चयन गर्न लागेको हो । नेतृत्व चयनमा सहमति नजुटेपछि मधेशका धनुषा, सिरहा, सर्लाही र रौतहटमा मतदान हुन लागेको हो ।

यसक्रममा धनुषामा त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ । संस्थापन पक्षबाट सभापतिमा सन्तोष यादव, विमलेन्द्र निधि पक्षबाट योगेन्द्र पञ्जियार र डा. शेखर कोइराला पक्षबाट दिनेश प्रसैला यादव प्रतिस्पर्धामा हुनुहुन्छ । तीनै जना प्यानलसहित नै मैदानमा उत्रिनुभएको हो । तीन उम्मेदवारबीच तीब्र प्रतिष्पर्धा रहेकाले पहिलो चरणमै ५१ प्रतिशत मत ल्याएर विजयी हुने सम्भावना भने कमै रहेको बताइएको छ । सिरहामा भने पूर्वसभापति रामचन्द्र यादव र रामसुन्दर चौधरी प्रतिस्पर्धामा रहँदा यादवलाई संस्थापन र चौधरीलाई इतर पक्षको समर्थन छ ।

सर्लाही र रौतहटमा दुई-दुई उम्मेदवार मात्र उम्मेदवार रहेकाले पहिलो चरणमै परिणाम आउने छ । सर्लाही सभापतिका लागि संस्थापनबाट सुरेन्द्र सिंह र इतर पक्षबाट लक्ष्मण राय यादव चुनावी मैदानमा रहँदा रौतहटमा सभापतिका लागि संस्थापनबाट सुनिल कुमार यादव र इतर पक्षबाट हृदयनारायण यादव प्रतिस्पर्धामा हुनुहुन्छ । उता, अछाममा पनि सभापतिका लागि दोस्रो चरणको मतदानका लागि पुष्प शाह र भरतकुमार स्वाँरब मैदानमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आइतबार ४ बजे बजेट भाषण, सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने

काठमाडौं, १४ जेठ । आइतबार दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि हो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमासम्वन्धी विषय संवेदनशील रहेको भन्दै वार्ता र संवादबाट समाधान गरिने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ

नेपाल एक चीन नीतिमा प्रतिवद्ध छ, बीआआईमा बुद्धिमत्तापूर्ण निर्णय लिन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताउनु भएको छ । प्रधानमन्त्री देउवाले छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि

सम्बन्धित

आइतबार ४ बजे बजेट भाषण, सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि हो : प्रधानमन्त्री देउवा

नेपाल एक चीन नीतिमा प्रतिवद्ध छ, बीआआईमा बुद्धिमत्तापूर्ण निर्णय लिन्छ : प्रधानमन्त्री देउवा

ओलीलाई देउवाको जवाफ – लिपुलेक लगायतका नेपाली भूमि रक्षा गर्न सरकार प्रतिवद्ध छ

ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत

बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com