ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल बारको नेतृत्वका लागि आज मनोनयन दर्ता हुँदै


एबीसी / संवाददाता
फाल्गुन २३, २०७८ सोमबार  १ : १० बजे

काठमाडौँ, २३ फागुन । नेपाल बार एसोसिएसनको निर्वाचन अन्तर्गत आज (सोमबार) उम्मेदवारहरुको मनोनयन दर्ता गरिँदैछ । चैत १९ गते हुने निर्वाचनका लागि बारले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेद्वार मनोनयनको समय तोकेको छ । निर्वाचनका लागि गठबन्धन र एमाले समर्थितको अलग कलग प्यानल दर्ता हुने भएको छ ।

यद्यपि, अध्यक्षको उममेदवार को हुन्छ भन्ने अझै टुंगो भइसकेको छैन । गठबन्धनमा कांग्रेस समर्थित प्रजातान्त्रिक कानून व्यवसायी संघ, डीएलएको नेतृत्वमा चुनावमा जाने सहमति भने भएको छ । उम्मेदवारको पहिलो नामावली आजै प्रकाशन गर्ने र दावी विरोध समय मंगलवार दिउँसो २ बजेसम्मका लागि तोकिएको छ । उम्मेद्वारको अन्तिम नामावली भने फागुन २५ गते प्रकाशन गर्ने नेपाल बारको सूचनामा उल्लेख छ । देशभरका ३५ मतदान केन्द्रमा मतदानको व्यवस्था गरिएको छ । एक अध्यक्ष, ८ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष र १४ सदस्य छनोटका लागि निर्वाचन हुन लागेको हो । यसैबीच, निर्वाचन समितिले अध्यक्षका लागि ५० हजार रुपैयाँ मनोनयन शुल्क तोकेको छ । उपाध्यक्ष, महासचिव र कोषाध्यक्षले ३५र३५ हजार तथा सदस्यका लागि २५ हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हेटौंडामा दुई मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

सम्बन्धित

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com