ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन आयातमा आधा कटौती गर्दै दैनिक कोटा १० किलो मात्र


एबीसी / संवाददाता
फाल्गुन २२, २०७८ आईतबार  ४ : ४९ बजे

काठमाडौँ, २२ फागुन । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा कटौती गरेको छ । आइतबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले सुन आयातमा आधा कटौती गर्दै दैनिक कोटा १० किलो तोकेको हो । यस अघि इजाजत प्राप्त वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउँथे ।

रेमिट्यान्स घट्ने र आयात बढ्ने कारणले विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि सुनको आयातका कडाइ गरिएको राष्ट्र बैंकको दाबी छ । मौद्रिक नीतिको समीक्षमार्फत नै उसले विलाशीताको वस्तुमाथि नियन्त्रण गर्ने बताएको थियो । चालु आर्थिक वर्षको माघसम्म नेपालमा ३ हजार ६४३ किलो सुन आयात भइसकेको छ । उक्त परिमाणमा सुन आयातका लागि मुलुकबाट २५ अर्ब २१ करोड ६८ लाख रुपैयाँ भन्दा धेरै रकम बाहिरिएको भन्सार विभागले जनाएको छ ।

सुन आयातको कोटा कटौतीको परिपत्र नेपाल राष्ट्र बैंकबाट प्राप्त भएको नेपाल सुन चाँदी व्यवसायी महासंले जनाएको छ । दैनिक २० किलो सुन बजारमा खपत भइरहेको बेला यस्तो निर्णय आएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो । मूल्य बढेका कारण अहिले कारोबार खस्किए पनि वैशाखमा बिहेको लगन सुरुभए पछि भने घटाइएको कोटाबाट नपुग्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

सम्बन्धित

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com