काठमाडौँ, १९ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान भइरहेको छ । जसका कारण नेपालको आकासमा जहाजहरु होल्ड हुन पुगेका छन् । त्रिभुवन विमानस्थलको आकासमा एरोथाइको जहाजले फन्को मार्दै परीक्षण गरिरहेको छ, जसका कारण कतार एयरवेजका दुई वटा जहाज आकासमै होल्डमा परेका छन् ।
दिल्लीबाट आएको भिस्तारा एयरवेजको जहाजसमेत होल्डमा परेको छ । यसबाहेक आन्तरिक उडानका जहाजहरु समेत अहिले होल्डमा छन् । त्रिभुवन विमानस्थलमा धावनमार्ग विस्तार भएपछि पहिलो पटक यान्त्रिक उपकरण जडित जहाजबाट परीक्षण उडान गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्