ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेरी भाका सार्यो एयर एसियाले 


admin

काठमाडौं, २७ पुस । इन्सेन्टिभ गु्रपले त्रिभुवन बिमानस्थललाई तिर्नुपर्ने बक्यौता रकमको भाका पुन २ महिना पर सारेको छ । मलेसियन वायुसेवा कम्पनी एयर एसिया एक्सको नेपालका लागि आधिकारिक टिकेटिङ कम्पनी रहेको इन्सेन्टिभ ग्रुपले विमास्थललाई तिर्नुपर्ने बक्यौता रकम २३ करोड तिर्न पाएको गत पुस २३ गते (जनवरी ७ तारिख) आईतबारसम्मको अन्तिम म्याद सारेर फागुन १६ गते (फेबु्रअरी २८) पुर्याएको छ ।

त्रिभुवन विमानस्थल प्रशासनले गत पुस २३ गतेको म्याद अन्तिम अल्मिेटम भन्दै बक्यौता नतिरे २४ गते सोमबारदेखि उडान बन्द गर्ने चेतावनी दिए पनि एयरलाइन्सले फेरि म्याद सारेको छ ।

एयरलाइन्सका नेपाली एजेन्ट रहेका इन्सेन्टिभ गु्रपका सञ्चालक हरिभान लामाले नेपाल सरकारका विभिन्न निकायलाई तिर्ने शुल्क बिगत ३ वर्षदेखि नतिर्दा विमानस्थलले पाउनेपर्ने २३ करोड रकम रोकिएको विमानस्थल प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार ग्रुपले अहिलेसम्म ३ करोड ५० लाख रुपैयाँ मात्रै तिरेको छ । अबको दिएको अन्तिम म्यादमा समेत रकम तिर्न नसके आवश्यक कारबाही गर्ने प्रशासनले जनाएको छ ।

विमानस्थल कार्यालयकाअनुसार एयरलाइन्सले विमानस्थललाई तिर्नुपर्ने बिसान शुल्क (ल्याण्डिङ चार्ज), सञ्चार तथा उड्डयन सहायक सेवा (एयर नेभिगेसन), विमानस्थल विकास शुल्क, कोठा भाडा लगायतको शुल्क तिर्न बाँकी रहेको छ । त्यस्तै इन्सेन्टिभ गु्रप अन्तर्गतकै ट्राभल एजेन्सीले पर्यटन सेवा शुल्क बापत यात्रुबाट उठाएको रकमसमेत तिर्न बाँकी छ ।
प्राधिकरणले पुस २३ गते आईतबार विमानस्थललाई तिर्नुपर्ने पुरा २३ करोड नतिरे सोमबारबाटै उडान रोक्ने अन्तिम अल्मिेटम दिए पनि आईतबार अन्तिम समयमा आएर २ करोडको चेक र त्यसपछि डेढ करोड गरी साढे ३ करोड रुपैयाँ मात्रै भुक्तानीमा छाडेको छ ।
लामाको कम्पनीले विमानस्थललाई तिर्नुपर्ने रकमसँगै आफ्नो ट्राभल एजेन्सीले उठाएको नेपाल पर्यटन बोर्डलाई बुझाउनुपर्ने पर्यटक सेवा शुल्क वापतको ७ करोड २३ लाख रकम बाँकी रहेको बताइएको छ ।

एयर एसिया एक्स नेपालमा सन् २०१४ सम्म लगातार सात वर्ष उत्कृष्ट बजेट एयरलाइन्स बनेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com