ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनएमा विवाद बढ्दो, घले नेतृत्वको समिति विघटन


एबीसी / संवाददाता
फाल्गुन १९, २०७८ बिहीबार  १ : १३ बजे

काठमाडौँ, १९ फागुन । विवादै विवादको घेरामा परेको गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय समितिले शेष घले नेतृत्वको संरक्षक समिति र एनआरएनए उच्चस्तरीय समिति विघटन गरेको छ । एनआरएनएको ८२ औं बैठकले समिति विघटन गर्ने निर्णय गर्दै केन्द्रलाई सदस्यता शुल्क नबुझाउने अन्तर्राष्ट्रिय समन्वय परिषदमध्ये पाँच देशका राष्ट्रिय समिति पनि भंग गरी पुनर्गठन गर्ने निर्णय गरेको छ ।

सबैभन्दा धेरै सदस्य भएका अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा र जापानले शुल्क नतिरेको भन्दै पुनर्गठन गर्ने निर्णय गरेको हो । हाल एनआरएनएका करिब एक लाख सदस्य रहेकामा अमेरिकामा करिब २० हजार, अष्ट्रेलियामा करिब १५ हजार, बेलायतमा करिब १३ हजार, जापानमा करिब ५ हजार र क्यानाडामा झण्डै ४ हजार सदस्य छन् । एनआरएनए विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिका सदस्य एवं संस्थापक अध्यक्ष डा।उपेन्द्र महतोले नै समितिबाट राजीनामा दिनुभएको छ । संयोजक शेष घलेले कमिटीमासमेत छलफल नगरी एकतर्फी सदस्यता फाइनल गरेपछि बहुमत संरक्षकले बैठक छाडेको बताइएको छ ।

घले नेतृत्वको उच्चस्तरीय समितिले एनआरएनए प्रतिनिधि विवाद समाधान गर्ने जिम्मेवारी पाए पनि सहमति बन्न नसकेको हो ।
अघिल्लो बैठकले प्रतिनिधि विवाद समाधान गर्न घलेको नेतृत्वमा पूर्वअध्यक्षहरू र वर्तमान अध्यक्ष कुमार पन्त तथा रामप्रताप थापा रहेको उच्चस्तरीय समिति बनाएको थियो । यसैबीच, बैठकले मार्चको २१ र २२ मा तोकिएको निर्वाचनको कार्यतालिका तलमाथि नगरी महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । यो निर्णयले एनआरएनएमा विवाद झनै बल्झने स्थिति देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

सम्बन्धित

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com