काठमाडौं, १८ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।
आज चार हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा एक सय २३ जना र दुई हजार दुई सय दुई जनाको एन्टीजेन परीक्षण गर्दा चार जना गरी एक सय २३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा तीन सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल सात हजार सात सय ७० जना संक्रिय संक्रमित रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्