ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसी खारेज गर्ने भन्ने थिएन, संशोधन गरेर राष्ट्रिय सहमतिका साथ निचोडमा पुग्ने भनेकाे थिएः प्रचण्ड


एबीसी / संवाददाता
फाल्गुन १६, २०७८ सोमबार  ४ : ३८ बजे

काठमाण्डौ, १६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघिको नेपाल कम्युनिस्ट पार्टीको पालामा नै अमेरिकी सहायता परियोजना एमसीसी सबैभन्दा धेरै गिजोलिएको बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘पहिले अमेरिकाले नेपाललाई अनुदान दिने भयो भनेर हामी सबै खुसी थियौँ तर नेकपाको सरकार बनेपछि यो विषय गिजोलियो, एमसीसी प्रोजेक्टलाई अमेरिकाकै केही मन्त्रीहरूले आईपीएसको अङ्ग भनेर भनेपछि थप विवादमा आयो, यस्तै त्यति बेलाका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली अमेरिका गएपछि नेपाल पनि नेपाल आईपीएसकै सदस्य भयो भन्ने समाचार आयो र विवादमा आयो ।’ आफूहरू नेकपामै रहँदा एमसीसी सम्झौतामा भएका विषय स्पष्ट नगरि पास नगर्ने अडान राखेको तर त्यति बेलाका अध्यक्ष केपी शर्मा ओलीले जस्ताको त्यस्तै पारित गर्ने अडान राख्नुभएको प्रचण्डको जिकिर छ । ‘एमसीसीमा पहिला ओरिजिनल सहमति हुँदा संसदबाट पारित गर्नुपर्ने प्रावधान थिएन तर सन् २०१९ मा ओली सरकारले नै संसदबाट पारित गरेर कानुनी हैसियत दिने भनेपछि विवादित बन्यो’, प्रचण्डले भन्नुभयो ।

एमसीसीबारे विवाद बढ्दै गएपछि नेकपाको कार्यकारी अध्यक्षको हैसियतमा आफूले केन्द्रीय कमिटीको बैठकमा एमसीसी संशोधन गरेर मात्रै पास गर्नुपर्ने प्रस्ताव राखेको प्रचण्डको भनाइ छ । ‘मेरै अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकमा मैले नै गम्भीर विषय भएकाले संशोधन गरेर र राष्ट्रिय सहमति जुटाएर मात्रै निचोडमा पुग्न उचित हुन्छ भनेको थिएँ । त्यसपछि कार्यदल बन्यो, कार्यदलले दिएको निचोड एमसीसी खारेज गर्ने भन्ने थिएन तर केही विषय अलि गम्भीर प्रकृतिका कुरा छन् भन्ने कुरा आएपछि हामीले जस्ताको त्यस्तै पास गर्न सकिन्न भन्यौँ’, प्रचण्डको भनाइ छ । नेकपाका त्यति बेलाका नौ जना सचिवालय सदस्यमध्ये सात जनाले एमसीसी जस्ताको त्यस्तै पारित नगर्ने भन्दा पनि केपी शर्मा ओली र अर्का एक जना जस्ताको त्यस्तै पारित गर्ने अडानमा रहँदा विषय झनै विवादित बनेको प्रचण्डले बताउनुभयो । ‘त्यति बेला ओली जस्ताको जस्तै पारत गर्नुपर्छ भन्नेमा हुनुहुन्थ्यो । नौ जना सचिवालय सदस्यमध्ये सात जना संशोधन नगरि हुन्न भन्नेमा लागे, ओली र अर्का एक जना नेताले जस्ताको त्यस्तै पारित गर्ने अडानमा थिए । एमसीसीलाई देश हितका लागि प्रयोग गर्न कुनै न कुनै प्रस्ताव संसदबाट पारित गरेर जान सकिन्छ कि भनेर पहिलो पटक मैले नै कुरा राखेको हो । ओलीले मानेनन्, यो कुरा अहिलेसम्म बाहिर आएको थिएन’, प्रचण्डले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

सम्बन्धित

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

२०४८–२०६२ को ‘भ्रष्टाचारको सुनौलो युग’ : राडारमा को–को ? (पूर्णसूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com