काठमाडौं, १६ फागुन । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको सडकमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।
‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियो । उक्त शंकास्पद प्रेसर कुकुर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । शंकास्पद वस्तु निष्क्रिय पारिएसँगै बन्द भएको मुख्य सडक खोल्ने तयारी गरिएको छ । प्रेसर कुकरभित्र इँटाको टुक्रा, कागज र प्लास्टिकहरु मात्रै भेटिएको बताइएकाे छ । शंकास्पद वस्तुको परीक्षणपछि त्यहाँ कुनै पनि विष्फोटजन्य पदार्थ नभेटिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्