काठमाडौँ । थप ५ सय ७० जनामा कोरोना (कोभिड–१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७४ हजार ८ सय ५७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय १६ जना रहेका छन्।
मन्त्रालयका अनुसार आज १९ सय ९३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ४६ हजार ३ सय ३० जना रहेको छ । आज ६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ११ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्