काठमाडौं । नेपालमा विगत २४ घण्टामा ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार २ सय ५६ पीसीआर परीक्षणमा ४ सय ९८ जना र २ हजार ८ सय ३९ एन्टिजेन परीक्षणमा १ सय ८२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणको अनुपातमा आजको संक्रमण दर ११ दशमलव ७ प्रतिशत छ ।
एक महिनायता परीक्षणको तुलनामा संक्रमण दर निरन्तर घटिरहेको छ भने निको हुनेको संख्या बढिरहेको छ । त्यसैगरी २४ घण्टामा १ हजार ८ सय ३५ जना संक्रमित निको भएका छन् । त्यस्तै २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । आज काठमाडौं उपत्यकामा भने २ सय ९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ७०, ललितपुरमा २४ र भक्तपुरमा १५ जना नया“ संक्रमित थपिएका छन् । हाल देशभर गरी १९ हजार ४ सय जना सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस्