ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगलागीमा ५ जनाको मृत्यु भएपछि शोकमा एक दिन तुल्सीपुर बजार बन्द


एबीसी / संवाददाता

दाङ । दाङको तुलसीपुरमा मजदुरहरुको निधन भएको शोकमा एक दिन वजार बन्द गर्ने निर्णय गरिएको छ । आगलागीमा परेर एकै दिन पाँच जना मजदुरको निधन भएको थियो । जिल्लालाई ठूलो शोक परेको भन्दै एक दिन बजार बन्द गर्ने निर्णय भएके हो । ५ जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुल्सीपुरमा एकदिन बजार बन्द गरिने भएको तुल्सीपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

उद्योग बाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जना मजदुरको शोकमा तुल्सीपुर बजार बन्द गर्न लागिएको हो ।
दाङ तुलसीपुरस्थित चप्पल गोदाममा भएको आगलागीमा परी ज्यान गुमाएका पा“चै जनाको पहिचान खुलेको छ । गएराति दुई बजेदेखि सुरु भएको आगलागीमा परी पा“च जनाको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्याम अर्यालका अनुसार मृतकमध्ये चार पुरुष र एक महिला रहेका छन् । ती मध्ये चार जना बालबालिका रहेका छन् । आगलागीमा परी तुलसीपुर उपमहानगरपालिका–५ बस्ने १३ वर्षिय सजिता खातुन, १४ वर्षका हसन बकस, १५ वर्षका मसिन बकस, पा“च वर्षीय अबिददिन अलि र ४० वर्षिय नजरदिन अलि रहेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण भने अझै खुल्न सकेको छैन । आगलागी नियन्त्रणमा आए पनि क्षतिको विवरण भने अझै आएको छैन । पा“चै जनाको शबलाई राप्ती प्रादेशिक अस्पतालको शब घरमा लगिएको छ । तुलसीपुर घोराही उपमहानगरपालिकाका दमकल, सेना, प्रहरी, स्थानीयवासीले आगो नियन्त्रणमा ल्याएका हुन् । आगलागीको कारण भने अझै आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com