काठमाडौं । नेपालमा विगत २४ घण्टामा २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
११ हजार ६ सय ३ पीसीआर परीक्षणमा १ हजार ८ सय ५१ जना र ४ हजार ७ सय ५३ एन्टिजेन परीक्षणमा ५ सय ५० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणको अनुपातमा आजको संक्रमण दर १५ दशमलव ९५ प्रतिशत छ । दुइ हप्तायता परीक्षणको तुलनामा संक्रमण दर निरन्तर घटिरहेको छ भने निको हुनेको संख्या बढिरहेको छ । त्यसैगरी २४ घण्टामा ७ हजार ७ सय ७७ जना संक्रमित निको भएका छन् ।
त्यस्तै २४ घण्टामा १४ जना संक्रमितको मृत्यु भएको छ । आज काठमाडौं उपत्यकामा भने १ हजार १७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ८ सय ९०, ललितपुरमा १ सय २ र भक्तपुरमा २५ जना नया“ संक्रमित थपिएका छन् । हाल देशभर गरी ३० हजार २ सय ४१ जना सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस्