काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षाको समयतालिका भने भोलिमात्र सार्वजनिक गर्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।
उहा“ले स्थानीय चुनावको मितिस“ग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको जानकारीसमेत दिनुभयो । उहा“ले निर्वाचन अघि नै परीक्षा सक्नेगरी तालिका बनाइएको स्पष्ट पार्नुभयो । बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ । विद्यालय तह कक्षा १२ सम्मको बनाइएपछि एसइइ परीक्षा कसले र कसरी गर्ने भन्ने अन्योल छ । सरोकारवालाहरुले एसइइ परीक्षा प्रदेशस्तरमा लिइनुपर्ने र विद्यालयले नै संचालन गर्नेमा जोड दिए पनि यसपटक पनि केन्द्रीकृत रुपमै सम्पन्न हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्