काठमाडौं । एमसीसी अध्यक्षलाई लेखिएको पत्र बारेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको सचिवालयले प्रस्टीकरण दिएको छ । २९ सेप्टेम्बर २०२१ मा एमसीसी मुख्यालयलाई प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षको तर्फबाट लेखिएको पत्र र त्यसबारे राजनैतिक वृत्त तथा जनस्तरमा गरिएका टिप्पणी, क्रिया र प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको सचिवालयले जनाएको छ ।
सचिवालयबाट जारी गरिएको प्रस्टीकरणमा प्रतिगमनलाई परास्त गरि भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दवाव भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको जनाइएको छ । पत्रमा एमसीसीका लागि राष्ट्रिय सहमति आवस्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केहि समय आबस्यक पर्ने कुरा उल्लेख गरिएको हो सचिवालयको प्रस्टीकरणमा उल्लेख छ ।
अध्यक्ष प्रचण्डको सचिवालयले जारी गरेको प्रस्टीकरणमा लेखिएको छ, हामीले देश र जनताको हितलाई सर्वोपरि ठानी आफ्नो पार्टी धारणा स्पष्ट गर्दै आएका छौ ं। सविचालयले, यो परियोजना परिमार्जन बिना पारित गर्न नहुने भन्नेमा पार्टी दृढ रहेको जनाइएको छ । यसबारे गरिएका नियोजित प्रचारवाजिको भ्रममा नपर्न सम्पुर्ण पार्टीपङ्ती र न्यायप्रेमी जनसमुदायमा सचिवालयले अपील गरेको छ ।
प्रतिक्रिया दिनुहोस्